ताजा अपडेट

नेपाली कांग्रेसले फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गर्ने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकारहरूसँग कुरा गर्दै ढिलोमा फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गरिने जानकारी दिए ।उनका अनुसार प्रतिज्ञापत्र सार्वजनिक गर्ने प्राथमिक तयारी फागुन १ गतेकै लागि गरिएको छ । “हाम्रो तयारी फागुन १ गतेका लागि छ, ढिलोमा २ गते सार्वजनिक गर्छौँ,” उनले भने । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न मंगलबार निर्देशन दिएको थियो । सोही समयसीमालाई ध्यानमा राख्दै कांग्रेसले आफ्नो प्रतिज्ञापत्र अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । कांग्रेसले यसपटक परम्परागत घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीले उक्...
रास्वपा उमेदवारको घरदैलोमा पीडितको प्रदर्शन

रास्वपा उमेदवारको घरदैलोमा पीडितको प्रदर्शन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरुले लखेटेका छन् ।प्राप्त विवरण अनुसार मंगलबार दिउँसो रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ होराइजन चोकमा सहकारी पीडितहरुले रास्वपा उमेदवार शुलभ खरेललाई लखेटेका हुन् । हातमा तिम्रो नेता खोई ? लिएर आऊ, जेनजीका माग कस्ले पूरा गर्छ ? सिहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारा बाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका शुलभ नजिकैको एल डोराडो होटल भित्र छिरेर लुकेको पीडितहरुले दावी गरेका छन् ।हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ?, पीडितमध्येका बृद्ध चेतनाथ शर्माले भने, हामीलाई यसको जवाफ दिनुपर्यो नि । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अ...
नेपाली विद्यार्थीले वेलायतका विश्वविद्यालयमा सास्ती खेपेपछि ‘एनओसी’ नदिन पत्राचार

नेपाली विद्यार्थीले वेलायतका विश्वविद्यालयमा सास्ती खेपेपछि ‘एनओसी’ नदिन पत्राचार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंकोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब दोश्रो वर्ष भर्ना हुने बेला आयो, उनले निकै सास्ती खेप्नु परयो । कारण थियो, विश्वविद्यालयको अप्रिय निर्णय । उनले दोश्रो वर्षको इनरोलमेन्टका लागि शुरुमा तिर्नुपर्ने ८ हजार पाउण्डमध्ये बाँकी २३ सय पाउण्ड जनवरी ३० मा १९००, २०० र २०० पाउण्ड गरी तीनवटा ‘ट्रान्जेक्सन’ मार्फत तिरिन् । ति भुक्तानी डेडलाइन (फेब्रुअरी २ तारिख) अघि नै भएको थियो ।कन्भेरा एप्समार्फत एउटै समयमा तिरेको दुई कारोबारको रिसिट आयो तर २०० पाउण्ड तिरेको रिसिट बेलैमा उपलब्ध भएन । सिस्टममा समयसीमाभित्र फूल पेमेन्ट गरेको नदेखिएपछि युनीले उनलाई भर्नाको ‘डेडलाइन’ गुज्रेको भन्दै नेपाल फर्किएर फेरि आउन भन्यो ।फेब्रुअ...
अनुहारभन्दा पनि नेतृत्वको शैली नै नयाँ खोजेका हौं : जेनजी अभियन्ता

अनुहारभन्दा पनि नेतृत्वको शैली नै नयाँ खोजेका हौं : जेनजी अभियन्ता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि नयाँ अनुहारभन्दा पनि नेतृत्व गर्ने शैली, राजनीतिक संस्कार र दलभित्रको लोकतान्त्रिक अभ्यास परिवर्तन आवश्यक रहेको बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रको नयाँ आवाज’ सत्रमा उनीहरूले व्यक्तिकेन्द्रित राजनीतिले लोकतन्त्र कमजोर बनाएको निष्कर्ष निकाल्दै मूल्य, विधि र प्रक्रियामा आधारित राजनीतिक अभ्यासको खाँचो औंल्याएका हुन् । कान्तिपुरकर्मी दया दुदराज सहजकर्ता भएको सत्रका जेन–जी अभियन्ता रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहा वक्ता थिए ।जेन–जी अभियन्ता बमले ‘नयाँ’ को अर्थ अनुहार वा व्यक्तिको प्रतिस्थापन नभई सोच, व्यवहार र नेतृत्व संस्कारको परिवर्तन भएको बताइन् । ‘हामीलाई एउटा केपी ओली फालेर अर्को ओली चाहिएको होइन,’ उनले भनिन्, ‘दलभित्र सुधार चाहिएको हो, दलको लोकतन्त्र बलियो भए मात्र देशको लोकतन्त्र बलियो ...
भोट कसलाई दिउँ? प्यारो छोरा

भोट कसलाई दिउँ? प्यारो छोरा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
टिकाराम न्यौपानेभोट कसलाई दिउँ? प्यारो छोरा,सधैंको माया र आशीर्वाद।तिम्रो सन्देश पढेँ। केही नलेखी बस्न सकिनँ। देशमा चुनाव आउँदैछ, भोट हाल्न नबिर्सिनू भनेर तिमीले सम्झायौ—त्यसैले मन छोयो। टाढा बसेर पनि देशप्रतिको चिन्ता हराएको छैन भन्ने बुझ्दा गर्व लाग्यो।छोरा, म आफूलाई राजनीतिमा जान्ने मान्छे ठान्दिनँ। पार्टीका नारा, ठूला भाषण र रंगीन पोस्टरहरू मेरा लागि सबै उस्तै लाग्छन्। तर मान्छेको बानी, व्यवहार र कामचाहिँ म चिन्न सक्छु भन्ने लाग्छ।यहाँ उम्मेदवारहरू गाउँ–टोल डुलिरहेका छन्।कोही बिरामीलाई गाडी खोजिदिन्छ,कोही समस्यामा परेकालाई कान थापेर सुन्छ,कोही मीठो बोल्दै सबैसँग सल्लाह गर्छ।यस्ता मान्छे देख्दा लाग्छ—भोट चिन्हमा होइन, मान्छेलाई दिनुपर्छ।तिमी देश छोडेको धेरै भयो।तिमी पढ्न जाँदा खोलामा डुंगा चढेर पार भएको सम्झना अझै ताजा छ। आज त्यही ठाउँमा पक्की पुल उभिएको छ।हाम्रो पालाको झुपडी स्कुल...
जापानमा हिमपात, ४६ जनाको मृत्यु

जापानमा हिमपात, ४६ जनाको मृत्यु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौँ जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ ।जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ ।प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् ।जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु परेको छ । ...
बजेटको आकारमा करिब १५ प्रतिशत कटौती, आर्थिक वृद्धिको लक्ष्य पनि घट्यो

बजेटको आकारमा करिब १५ प्रतिशत कटौती, आर्थिक वृद्धिको लक्ष्य पनि घट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले चालू आर्थिक वर्ष २०८२-८३ को बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल बजेटको तुलनामा खर्च हुन नसक्ने देखिएपछि बजेटको आकार घटाएर ८५.९६ प्रतिशतमा सीमित गरिएको मन्त्रालयले जनाएको छ ।तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरूमा १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेका थिए । अर्धवार्षिक समीक्षामार्फत यसलाई घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड रूपैयाँ कायम गरिएको छ । यो सुरु विनियोजनको तुलनामा करिब २ खर्ब ७५ अर्ब रूपैयाँले कम हो ।प्रतिवेदनअनुसार पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड रूपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको ३५.१४ प्रतिशत मात्र हो । यस अवधिमा पुँजीगततर्फ विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोडमध्ये जम्मा ४९ अर्ब ४२ करोड (१२.१२ प्रतिशत) मात्र खर्च भएको छ । ...
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा बृहत् सरसफाइ अभियान सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल झाडु बोकेर सरसफाइमा सहभागी भएका छन् ।अभियानको दोस्रो दिन सोमबार योगीकुटीदेखि कालिका विद्यालय क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो । बिहानैदेखि सुरु गरिएको कार्यक्रममा विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।सरसफाइ अभियानलाई औपचारिकतामा सीमित नगरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै नगर प्रमुख पाण्डेयले सफा शहर निर्माण सबैको साझा जिम्मेवारी भएको बताए । उपप्रमुख अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उल्लेख गरिन् । नियमित सरसफाइ अभियानमार्फत स्वस्थ र आकर्षक शहर निर्माणमा सबैको सहकार्य आवश्यक रहे...
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैँसरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरिएकाे छ ।’ सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग ...
राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता

राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित भएको छ ।सोमबारको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको हो ।विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेकी थिइन् । मन्त्रिपरिषद्को माघ २१ को बैठकले उक्त विधेयक फिर्ता लिन स्वीकृति दिएको थियो । ...