भोट कसलाई दिउँ? प्यारो छोरा


टिकाराम न्यौपाने
भोट कसलाई दिउँ? प्यारो छोरा,
सधैंको माया र आशीर्वाद।
तिम्रो सन्देश पढेँ। केही नलेखी बस्न सकिनँ। देशमा चुनाव आउँदैछ, भोट हाल्न नबिर्सिनू भनेर तिमीले सम्झायौ—त्यसैले मन छोयो। टाढा बसेर पनि देशप्रतिको चिन्ता हराएको छैन भन्ने बुझ्दा गर्व लाग्यो।
छोरा, म आफूलाई राजनीतिमा जान्ने मान्छे ठान्दिनँ। पार्टीका नारा, ठूला भाषण र रंगीन पोस्टरहरू मेरा लागि सबै उस्तै लाग्छन्। तर मान्छेको बानी, व्यवहार र कामचाहिँ म चिन्न सक्छु भन्ने लाग्छ।
यहाँ उम्मेदवारहरू गाउँ–टोल डुलिरहेका छन्।
कोही बिरामीलाई गाडी खोजिदिन्छ,
कोही समस्यामा परेकालाई कान थापेर सुन्छ,
कोही मीठो बोल्दै सबैसँग सल्लाह गर्छ।
यस्ता मान्छे देख्दा लाग्छ—भोट चिन्हमा होइन, मान्छेलाई दिनुपर्छ।
तिमी देश छोडेको धेरै भयो।
तिमी पढ्न जाँदा खोलामा डुंगा चढेर पार भएको सम्झना अझै ताजा छ। आज त्यही ठाउँमा पक्की पुल उभिएको छ।
हाम्रो पालाको झुपडी स्कुल अहिले भवन बनेका छन्।
उपचारका लागि घण्टौँ हिँड्नुपर्थ्यो, अहिले नजिकै स्वास्थ्य सेवा छ।
हामीले बिस्तारै परिवर्तन देखेका छौँ।
तिमी जन्मेको देश तिमी बसेक‍ो देश जस्तो छ भन्न खोजेको कदापि होइन छोरा।
अभाव अझै छन्, कमजोरी पनि छन्।
तर केही भएन, सबै सकियो भन्ने कुरा पनि ठिक लाग्दैन।
त्यसैले भोट दिने बेलामा म यस्तो सोच्छु—
जो जोसमा भन्दा पनि काममा विश्वास गर्छ,
जो भीड उचाल्न होइन, बाटो देखाउन खोज्छ,
जो आजको हल्ला होइन, भोलिको योजना बोकेर हिँड्छ,
जो यो माटो र मान्छेको मूल्य बुझ्छ—
त्यसैको पक्षमा उभिनुपर्छ।
यहाँ धेरैले मेहनतभन्दा सजिलो बाटो खोजिरहेका छन्।
बोल्ने धेरै छन्, गर्ने कम।
यिनै बानी बदल्न सक्ने सोच र साहस भएको मान्छे चाहिएको छ।
छोरा, तिमी परदेशको अनुभव बटुल्दैछौ, हामी यहाँ जमिनको अनुभव बटुल्दैछौँ।
नक्सामा हेरेको देश र हिँडेर टेकेको देश उस्तै हुँदैन।
पहिले जमिन बलियो बनाउनु पर्छ, अनि मात्रै प्रविधिको स्वाद मिठो हुन्छ।
तिमीले मलाई भोट हाल्न सम्झायौ,
अब म तिमीलाई सोचेर भोट हाल्न सम्झाइरहेछु।
हामी दुवैको चाहना एउटै हो—देश राम्रो होस्।
उही तिम्रो बुबा
दुईगाउँ , गुल्मी
नेपाल
श्रोत :- न्यौपानेको फेसबुक पेजबाट
लेखक : दिप वोर्डिङ हाई स्कूल, बुटवलका प्राचार्य हुनुहुन्छ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...