नेपाली कांग्रेसले फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गर्ने


काठमाडौँ

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकारहरूसँग कुरा गर्दै ढिलोमा फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गरिने जानकारी दिए ।
उनका अनुसार प्रतिज्ञापत्र सार्वजनिक गर्ने प्राथमिक तयारी फागुन १ गतेकै लागि गरिएको छ । “हाम्रो तयारी फागुन १ गतेका लागि छ, ढिलोमा २ गते सार्वजनिक गर्छौँ,” उनले भने ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न मंगलबार निर्देशन दिएको थियो । सोही समयसीमालाई ध्यानमा राख्दै कांग्रेसले आफ्नो प्रतिज्ञापत्र अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

कांग्रेसले यसपटक परम्परागत घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीले उक्त दस्तावेजमार्फत निर्वाचनपछि कार्यान्वयन गर्नुपर्ने प्रमुख नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...