बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु


बुटवल
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा बृहत् सरसफाइ अभियान सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल झाडु बोकेर सरसफाइमा सहभागी भएका छन् ।
अभियानको दोस्रो दिन सोमबार योगीकुटीदेखि कालिका विद्यालय क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो । बिहानैदेखि सुरु गरिएको कार्यक्रममा विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
सरसफाइ अभियानलाई औपचारिकतामा सीमित नगरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै नगर प्रमुख पाण्डेयले सफा शहर निर्माण सबैको साझा जिम्मेवारी भएको बताए । उपप्रमुख अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उल्लेख गरिन् । नियमित सरसफाइ अभियानमार्फत स्वस्थ र आकर्षक शहर निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरू सरसफाइ अभियानमा सहभागी भएका थिए । यसअघि आइतबार नयाँ बसपार्क क्षेत्रबाट सुरु गरिएको अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी सहभागी भएका थिए । उपमहानगरपालिकाले माघ २५ गतेदेखि फागुन २ गतेसम्म विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...