रास्वपा उमेदवारको घरदैलोमा पीडितको प्रदर्शन


बुटवल
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरुले लखेटेका छन् ।
प्राप्त विवरण अनुसार मंगलबार दिउँसो रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ होराइजन चोकमा सहकारी पीडितहरुले रास्वपा उमेदवार शुलभ खरेललाई लखेटेका हुन् । हातमा तिम्रो नेता खोई ? लिएर आऊ, जेनजीका माग कस्ले पूरा गर्छ ? सिहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारा बाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका शुलभ नजिकैको एल डोराडो होटल भित्र छिरेर लुकेको पीडितहरुले दावी गरेका छन् ।
हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ?, पीडितमध्येका बृद्ध चेतनाथ शर्माले भने, हामीलाई यसको जवाफ दिनुपर्यो नि । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताहरु न्युन आय भएका छन् । उनीहरुले तीन बर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् ।
हामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिड्ने, पैसा फिर्ता नहुने ? पीडितहरुले सामुहिक प्रश्न गरिरहेका छन् ।
सहकारी पीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको वा लखेटेको बिषयमा उमेदवार खरेलले भने अनभिज्ञता प्रकट गरे । म त बिहान १२ बजेतिर उक्त होटलमा खाना खान गएको हो कोहि पनि थिएनन्, खरेलले भने, यो त अचम्मको कुरा भयो ।
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ ।
गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।
सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...