रास्वपा उमेदवारको घरदैलोमा पीडितको प्रदर्शन


बुटवल
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरुले लखेटेका छन् ।
प्राप्त विवरण अनुसार मंगलबार दिउँसो रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ होराइजन चोकमा सहकारी पीडितहरुले रास्वपा उमेदवार शुलभ खरेललाई लखेटेका हुन् । हातमा तिम्रो नेता खोई ? लिएर आऊ, जेनजीका माग कस्ले पूरा गर्छ ? सिहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारा बाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका शुलभ नजिकैको एल डोराडो होटल भित्र छिरेर लुकेको पीडितहरुले दावी गरेका छन् ।
हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ?, पीडितमध्येका बृद्ध चेतनाथ शर्माले भने, हामीलाई यसको जवाफ दिनुपर्यो नि । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताहरु न्युन आय भएका छन् । उनीहरुले तीन बर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् ।
हामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिड्ने, पैसा फिर्ता नहुने ? पीडितहरुले सामुहिक प्रश्न गरिरहेका छन् ।
सहकारी पीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको वा लखेटेको बिषयमा उमेदवार खरेलले भने अनभिज्ञता प्रकट गरे । म त बिहान १२ बजेतिर उक्त होटलमा खाना खान गएको हो कोहि पनि थिएनन्, खरेलले भने, यो त अचम्मको कुरा भयो ।
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ ।
गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।
सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...