ताजा अपडेट

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको ज्यान गयो

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको ज्यान गयो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार
काल्पनिक फोटो २० जेठ, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ । बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । यस्तै, इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पनि थप टोली पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिए । ...
नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ : सभापति लामिछाने

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ : सभापति लामिछाने

Breaking news 1, ताजा अपडेट, विविध
काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्ने बताउनुभएकाे छ । नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगकाे भेटवार्तापछि सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न रास्वपा उत्सुक रहेको बताउनुभयाे । उहाँले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जाल एक्समा लेख्नुभएकाे छ, ‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुशीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’ सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गर्नुभएको छ । यसअघि ...
मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने

मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ । मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ ।  पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र ’हिट स्ट्रेसको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ ।  विषेश गरी दिउँसो ११ बजेदेखि ४ बजेसम्म घाममा ननिस्कन,...
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

Breaking news 1, जीवनशैली, ताजा अपडेट
काठमाण्डौ - भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।  भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ । सभापति लामिछाने भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानुभएको हो ।  सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी नीकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ  ...
चन्द्रकोट गाउँपालिका गुल्मीको पहिचान

चन्द्रकोट गाउँपालिका गुल्मीको पहिचान

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, माैसम, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मी जिल्लाका १२ स्थानीय तह मध्येको आफ्नै पहिचान वोकेको चन्द्रकोट गाउँपालिका हो।भौगोलीक हिसाबले यो पालिका २८°०६'३६.४'' उत्तरी अक्षांस र ८३°२४'५१.३'' पूर्वी देशान्तरमा पर्दछ।यस पालिकाको पूर्वमा गुल्मी जिल्लाकै कालीगण्डकी गाउँपालिका, पश्चिममा मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ ।यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि. रहेको छ । २०७८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या १८ हजार ६ सय ६२ रहेको छ ।नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ।चन्द...
बिजुलीमा भ्याट : उपभोक्तालाई ५, खानेपानीदेखि अस्पताल-स्कुलसम्म १३ प्रतिशत

बिजुलीमा भ्याट : उपभोक्तालाई ५, खानेपानीदेखि अस्पताल-स्कुलसम्म १३ प्रतिशत

Breaking news 2, जीवनशैली, ताजा अपडेट
१८ जेठ, काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) ले घरायसी उपभोक्तालाई ५ प्रतिशत तथा त्यसबाहेक सिँचाइ, खानेपानी, चार्जिङ लगायत उपभोक्ताका लागि १३ प्रतिशतले मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि बिजुलीमा भ्याट कार्यान्वय गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् । उनको घोषणा अनुसार आर्थिक विधेयक २०८३ मा ‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुलउपर गर्नुपर्ने छ,’ भन्ने उल्लेख छ । यही व्यवस्थामा टेकेर अर्थमन्त्री वाग्लेले बिजुलीमा ५ प्रतिशतको रिड्युस्ड भ्याट लाग्ने भाषण गरिरहेका छन् । तर, आर्थिक विधेयकमा भएको व्यवस्था र आन्तरिक राजस्व विभागले गरेको व्याख्या अनुसार भने घरायसी ग्राहक बाहेक अन्य सबै ग्राहकले १३ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो । नेपाल विद...
तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

तराईमा तातो बढ्दै : आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ - पानी पर्नेक्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरु भएको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो ।  हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश  प्रदेश र कोशी प्रदेशलगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ । विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।  देशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ  ...
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि शुक्रबारसम्म भारत भ्रमणमा जाने भएका छन् ।भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेकार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनको अयोध्याको निजी भ्रमण पनि तय गरिएको छ । सभापति लामिछानेसँगै पार्टीको आधिकारिक प्रतिनिधिमण्डलमा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य स...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भएको छ । ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले संसद्मा भने । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया सुरु भएको छ । विपक्षी सांसदहरूले उनको भनाइ संसद्को अभिलेखबाट हटाउन मागसमेत गरेका छन् । कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसद्मा व्यक्त गर...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान कार्यक्रममा समाजका सदस्यहरु, स्थानियबासी, सशस्त्र प्रहरी, युवा महिला गरि १ सय ७ जनाले रक्तदान गरेको गरेका थिए।समाजले स्थापना दिवसको अवसरमा जेठ १७ गते आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ डिङ्गरनगरमा समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले सामाजिक सेवामा सम्पर्क समाजले अनुकरणीय कार्य गरेको बताए । उनले भौतिक बिकासले मात्र समाज बिकास हुन नसक्ने बताउदै सामाजिक बिकासका लागि विभिन्न संघसंस्थासंग सहकार्य गर्न तिलोत्तमा नगरपालिका सधै तयार रहेको बताए ।समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले सम्पर्क समाजलाई यो अवस्था सम्म पुर्याउन सहयोग गर्ने पुर्वज देखि...