बिजुलीमा भ्याट : उपभोक्तालाई ५, खानेपानीदेखि अस्पताल-स्कुलसम्म १३ प्रतिशत


१८ जेठ, काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) ले घरायसी उपभोक्तालाई ५ प्रतिशत तथा त्यसबाहेक सिँचाइ, खानेपानी, चार्जिङ लगायत उपभोक्ताका लागि १३ प्रतिशतले मूल्य बढ्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि बिजुलीमा भ्याट कार्यान्वय गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् । उनको घोषणा अनुसार आर्थिक विधेयक २०८३ मा ‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुलउपर गर्नुपर्ने छ,’ भन्ने उल्लेख छ ।

यही व्यवस्थामा टेकेर अर्थमन्त्री वाग्लेले बिजुलीमा ५ प्रतिशतको रिड्युस्ड भ्याट लाग्ने भाषण गरिरहेका छन् । तर, आर्थिक विधेयकमा भएको व्यवस्था र आन्तरिक राजस्व विभागले गरेको व्याख्या अनुसार भने घरायसी ग्राहक बाहेक अन्य सबै ग्राहकले १३ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली २०७८ अनुसार बिजुलीका १३ प्रकारका ग्राहक हुन्छन् । त्यसमध्ये गार्हस्थ वर्ग अर्थात् घरायसी ग्राहकलाई ५० युनिटसम्मको बिजुलीमा भ्याट नलाग्ने र त्यसभन्दा माथिको उपभोगमा ५ प्रतिशतको भ्याट लाग्ने आन्तरिक राजस्व विभागका निर्देशक शिव शर्माले बताए ।

प्राधिकरणले घरायसी ग्राहकलाई बिक्री गरेको बिजुलीमा ५ प्रतिशत भ्याट लाग्छ भने उद्योग लगायत अन्य ग्राहकलाई बिक्री गर्दा भने १३ प्रतिशत नै भ्याट लाग्छ,’ निर्देशक शर्माले भने, ‘आर्थिक विधेयकको दफा ५५ मा उल्लेख अन्तिम उपभोक्ता भनेको घरायसी उपभोक्ता हुन्, त्यसो हुँदा त्यसबाहेक अन्य उपभोक्तालाई १३ प्रतिशत नै भ्याट लाग्ने हो ।’

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...