मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने


काठमाण्डौ – आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ । मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ । 

पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र ’हिट स्ट्रेसको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । 

विषेश गरी दिउँसो ११ बजेदेखि ४ बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्यकर्मीको सुझाव छ । 

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...