रुपन्देहीका संघसंस्थाले भने – बुटवलको मेला सबैको हो
बुटवल
रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीका संस्थाहरुले मेला सबैको भएकाले यसको अवनत्व सबैले लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराउनु भयो । उहाँले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारीका कुराहरुमा समेत सुझाव दिन आग्रह गर्नुभयो ।त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिपिल सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघक...








