अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा


बुटवल

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तस्करी नियन्त्रण गर्न सबै प्रहरी युनिटहरूलाई सक्रिय बनाएको छ । खुल्ला सिमानाका कारण हुने भन्सार चोरी तस्करी नियन्त्रण गर्न प्रहरीहरू सक्रिय भएका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गएको २ दिनमा अवैध रूपमा भारतबाट चोरी तस्करी गरी नेपाल भित्रिएको २० लाख ९१ हजार ३ सय बढी मूल्यका विभिन्न सामानहरू बरामद गरी भन्सार चलान गरेको हो । चोरी तस्करी नियन्त्रण गर्न सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले दैनिक जसो अवैध भन्सार चोरी तस्करी मार्फत भित्रिएका सामानहरू समाउँदै भन्सार पठाउँदै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

आइतबार र सोमबार मात्र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ६ गोनाह मा शङ्का लागि लु ११ प ५०६५ लु ५४ प ४४२३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ पसि लेगीज ३ सय पिस लेडीजले प्रयोग गर्ने भित्री वस्त्र विभिन्न परिकारका तस्करीहरू मूल्य रु. १ लाख ६० हजार बराबरको अवैध सामान बरामद गरेको हो । सामान भैरहवा भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाले सिद्धार्थनगर नगरपालिका १ बेलहिया बसपार्कबाट १ लाख ४५ हजार मूल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको छ । त्यस्तै प्रहरी चौकी कालिदहले भारतबाट चोरी तस्करी गरी नेपाल भित्राएको मोबाइलका करभहरू बरामद गरेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका १ आमा पुलबाट ४० हजार बराबरको मोबाइल कभर बरामद गरी भन्सार कार्यालय पठाएको छ ।

अस्थायी प्रहरी चौकी गल्ला मन्डी भैरहवाले अवैध रूपमा बिना बिलबिजक गाडीमा लोड गरेको ५७ कार्टुन तेल १३ पिस ग्रीनाईट १८ बोरा चिनी ट्रक गरी रु.१७ लाख ४६ हजार ३ सय ८० बराबरको सामान समाउन सफल भएको छ । प्रहरीले राजश्व छली गरेको भन्दै ग १ ख ३५३४ नम्बर ट्रक र चालक फलेवास नगरपालिका ९ बस्ने काजीमान सुनारलाई समेत नियन्त्रणमा लिएर कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...