बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन


बुटवल

टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवलले मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सुरु गरेको छ।

बुटवल ९ इटाभट्टीमा सञ्चालन भएको उक्त मेला यही असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालन भइरहेको छ। मेलामा जुनसुकै कम्पनीका पुराना स्कुटर तथा मोटरसाइकल एक्सचेन्ज गर्दा १० हजार थप मूल्याङ्कन रहेको छ। नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगदमा ८ हजार सम्म छुटको व्यवस्था रहेको छ। फाइनान्स मार्फत कारोबार गरेमा ब्याज लाग्दैन।

टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटर चढ्ने उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको र चढ्न चाहने टिभिएस प्रेमीहरू मेलाबाट धेरै लाभान्वित हुने विश्वास रहेको बालाजी अटोमोबाइल्स बुटवलका सञ्चालक विशाल जयसवालले जानकारी दिनुभयो।

एक्सचेञ्ज मेलामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हेल्मेट ,ब्याग ,बाइक कभर लगायतका एक्सेसरीहरु निःशुल्क उपलब्ध गराइने कम्पनीका प्रबन्धक शिव शर्मा पौडेलले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...