सडकमै सवारीको छड्के चेकजाँच


बुटवल, २७ जेठ 

यातायात व्यवस्था कार्यालय सवारी बुटवलले सडकमा सवारी साधनहरूलाई चेकजाँच गर्न सुरु गरेको छ । लामो समय सम्म राज्यलाई बुझाउनुपर्ने राजश्व कर नतिरेर सडकमा गुड्दै आएको गुनासो आएपछि कार्यालयले यस्तो तरिका अपनाएको हो । आइतबार दिउँसो संयुक्त रूपमा गरेको चेकजाँचमा १० बटा मालवाहक सवारीसाधन भेटिएको र त्यसलाई कार्यालयले कारबाही गर्ने जनाएको छ ।

कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय सञ्चारकर्मीको संयुक्त टोलीले कपिलवस्तुको पिपरामा गरेको आकस्मिक चेकजाँच गर्दा मालवहाक टिप्पर र ट्याक्टर बिना कागजपत्र सडकमा चलिरहेको फेला परेको हो । लामो समय सम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँच पास नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका ८ बटा टिप्परलाई जनही ३ हजारका दरले कारबाही गर्ने गरी लामो समय सम्म कर नबुझाएका सवारीलाई कर बुझाएपछि मात्र गाडी छोड्ने गरी प्रहरीकोमा सवारीहरू राखिएको यातायात व्यवस्था कार्यालय सवारी बुटवलका कार्यालय प्रमुख खुमलाल भुसालले बताए ।

बिना कागजपत्र सडकमा गुडिरहेका २ बटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख भुसालको भनाई छ । आकस्मिक गरिएको चेकजाँचमा ४० वटा विभिन्न सवारी साधनहरू चेकजाँच गरिएको थियो चेकजाँचमा सिट क्षमता भन्दा धरै यात्रुहरू राखेका केही साना सवारी साधनहरू उईड्डर गाडीहरूलाई सिट क्षमता भन्दा धेरै यात्रु नराख्न आग्रह गरिएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख खुमलाल भुसालले सवारी साधनहरू नियमसम्बत सञ्चालन भए नभएको जानकारी लिन चेकजाँच सुरु गरिएको बताए ।

नियमित चेकजाँचले सवारी साधनहरूले समयमा कर बुझाए नबुझाएको जानकारी हुने रुट परमिट लाईसन्स भए नभएको जानकारी गराउन र सडकमा हुने दुर्घटना कम गराउन चेकजाँच सुरु गरिएको बताए । विभिन्न समयमा ठाउँ ठाउँमा चेकजाँच गर्ने योजना रहेको भन्दै प्रमुख भुसालले भने यातायात कार्यालयले गर्ने चेकजाँचले राज्यलाई तिर्न बाँकी रहेका राजश्व कर भराउन सजिलो हुने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

बुटवलरोल्पाको थवाङ जलजलामा रुकुमपूर्वबाट आउँदै गरेको जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी...
विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

काठमाडौंप्रमुख प्रतिदल नेपाली काँग्रेस,एमालेसहितका विपक्षी दलहरुले सुकुम्बासी बस्ति बिना तयारी खालि गराइएकोप्रति आपत्ति जनाएक...
उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

बुटवलरूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै...
माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम

माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम

बुटवलनेपालमा हिन्दु परम्परा अनुसार मुख्य ऋषिमुनीहरू माण्डव्य, कश्यप, वशिष्ठ, गौतम, अत्रि,भृगु, जमदग्नि लगायतका नामबाट ४९ भन्द...