रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता



बुटवल
रुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी २७, आमहत्या १६, चोरी ७, संगठित तथा आर्थिक अपराध ४९, सामाजिक अपराध ६, महिला बालिबालिकासम्बन्धी अपराध ११, सवारीसम्बन्धी १४ र विविध २ वटा रहेका छन् ।
फैसला कार्यान्वयनतर्फ ८० जना फरार प्रतिवादी पक्राउ गरी उनीहरुबाट १ करोड ९ लाख ६ हजार ३ सय ७१ रुपैयाँ जरिवाना र ६ वर्ष ७ महिना ८ दिन कैद तथा सजाय असुलउपर भएको प्रहरीले जनाएको छ । त्यस्तै चालु मुद्दाको प्रतिवादी पक्राउ संख्या ११३ जना रहेको छ ।

प्रहरीका अनुसार महिला तथा जेष्ठ नागरिकसँग सम्बन्धित घरेलु हिंसातर्फ ९५ र महिला छिमेकीसँग झगडा (ठाडो निवेदन) ५३ वटा दर्ता भएकोमा घरेलु हिंसाका ७३ र ठाडो निवेदनका ४७ वटा मिलापत्र भएको छ ।
त्यस्तै असोजमा लागूऔषधसम्बन्धी १० वटा मुद्दा दर्ता भएको र १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध बरामद भएको उनले बताए ।
गत महिनामा रुपन्देहीमा १६ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्या गर्नेमा १४ जना पुरुष र २ जना महिला रहेका छन् ।

असोजमा जिल्लामा १७५ वटा सवारी दुर्घटना भएको र ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुनेको संख्या २९२ जना रहेको प्रहरीले जनाएको छ । चेकिङ्गको क्रममा ३ हजार २ सय १९ वटा सवारीसाधनमाथि कारवाही गरिएको र जसबाट ५५ लाख ८८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ अवैध भन्सार छलीको कुल राजस्व १ करोड ७० लाख ३२ हजार ४५ रुपैयाँ संकलन भएको छ । भन्सार छलीमा संलग्न ९ जनालाई पक्राउ गर्नुका साथै २५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

असोेजमा रुपन्देहीमा विपद्को २१ वटा घटना भएका छन् । कार्यक्षमताको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...