नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर – समाजवादी मोर्चा


विनोद खनाल, बुटवल

पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आए पछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । केही दिन यता बुटवल, सैनामैना, देबदह, सियारी सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानब, चरङ्गे खोला, चरेङ्गे ठाडो खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला घोडाहाखोला, सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरुमा अनियन्त्रितरुपमा मापदण्ड बिपरित अबैधरुपमा दोहन गरी नदिजन्य पदार्थ ढुङ्गागिट्टी, बालुवा दोहन तथा चोरी निकासी भईरहेको र केहि क्रसर उद्योगमा अबैध ओसारपसार र मापदण्ड बिपरित घाटगड्डी गरेको भन्दै उक्त अबैध कार्यप्रती मोर्चाले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्बारा हस्ताक्षरित विज्ञप्तिमा सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा नापजाँच भन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगड्डी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम बिपरित घाटगड्डी गर्ने, चोरी गर्ने र अबैध निकासी गर्ने जस्ता कार्यहरु तत्काल बन्द गर्न गराउन र नियमित अनुगमन, नियन्त्रण, निगरानी, नियमन गर्न र अबैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ । मोर्चाले प्राकृतिक स्रोत र साधनको दोहनका लागि मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन माग गर्नुका साथै आफ्नो अनुरोधलाई बेवास्ता गरिएमा संघर्षमा जाने समेत जानकारी गराएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

समाजवादी मोर्चा नेपाल निर्माण भएदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविका सहित भ्रस्टाचार, अनमियता, सामाजिक बिभेदका विरुद्ध र सुशासन सामाजिक रुपान्तरण लगायतका जनसरोकारका विषयमा निरन्तर संघर्ष गर्दै आईरहेको कुरा सर्वबिदितै छ।

यसै सन्दर्भमा केही दिन यता बुटवल, सैनामैना, देबदह, सियारी सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानब, चरङ्गे खोला, चरेङ्गे ठाडो खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला घोडाहाखोला, सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरुमा अनियन्त्रितरुपमा मापदण्ड बिपरित अबैधरुपमा दोहन गरी नदिजन्य पदार्थ ढुङ्गागिट्टी, बालुवा दोहन तथा चोरी निकासी भईरहेको र केहि क्रसर उद्योगमा अबैध ओसारपसार र मापदण्ड बिपरित घाटगड्डी गरेको कार्यप्रती हाम्रो समाजवादी मोर्चा नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ। सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा नापजाँच भन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगड्डी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम बिपरित घाटगड्डी गर्ने, चोरी गर्ने र अबैध निकासी गर्ने जस्ता कार्यहरु तत्काल बन्द गर्न गराउन र नियमित अनुगमन, नियन्त्रण, निगरानी नियमन गर्न र अबैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।

प्राकृतिक स्रोत र साधनको दोहनका लागि मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन हार्दिक अनुरोध गर्दछौं । अन्तमा हाम्रो अनुरोधलाई बेवास्ता गरिएमा संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौं ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...