बुटवलमा दुईदिने विकास पत्रकारिता तालिम संचालन


बुटवल, जेठ २८

रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल छापा तथा विद्युतीय संचार माध्यममा काम गर्ने झण्डै डेढसय संचारकर्मीहरुको सहभागिता रहेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिनुभयो । युनियनमा आवद्ध संचारकर्मीको क्षमता विकासकालागि नियमित रुपमा क्षमता विकास कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । 

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गर्नु भयो ।

उहाँले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भएगरेका प्रशासनीक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गर्नुभयो । बुटवलले नगरभित्र रहेकासँगै नगर बाहिर रहेका संचार माध्यम र संचारकर्मीहरुको विकास उनीहरुको प्रोत्साहनकालागि विभिन्न शिर्षकमा बजेट सहयोग गर्दै आएको उल्लेख गर्दै नगरले गरेका राम्रा र सुधार गर्नु पर्ने विषयलाई समाचारका रुपमा उठान गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाचारले विकास निर्माणसँगै गरिव महिला, दलीत तथा अल्पसंख्यकहरुका अधिकारका विषयमा सहयोग गर्दै आएको उल्लेख गर्दै सहयोग आवश्यक पर्नेलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।  उहाँले गरिव, विपन्न, असहाय र अल्पसंख्यकका विषयमा समाचार लेख्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ उभिनुपर्ने बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, प्रदेश उपाध्यक्ष आरपी आचार्य, युनियनका केन्द्रीय सदस्य रेखा भुसाल, संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, समाजववादी प्रेस संगठनका अध्यक्ष विनोद परियार, युनियनका उपाध्यक्ष कल्पना तिवारीलगायतले विकास पत्रकारिताको विटमा कलम चलाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारिताको विकासकालागि निरन्तर, सिकाई हुन आवश्यक रहेको बताउनुभयो । 

दुई दिनसम्म चल्ने विकास पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, युनियनका पुर्व अध्यक्ष रामराज पोखरेल, युनियनका सल्लाहकार माधव नेपाल, पुर्व अध्यक्ष छवी पाण्डे, हरिष ढकाल, छवी पाण्डे, भवानीप्रसाद पाण्डे, विक्रम खड्का, रेखा भुसाल, लगायतले आआफ्ना पत्रकारिताका अनुभव शेयरिङसँगै सहजिकरण गर्नु हुने सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो । 

छुटाउनुभयो कि ?

योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

बुटवलब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय बुटवल द्वारा आईतबार आयोजित स्ने...
महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली

महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली

काठमाडौँनेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने ...
बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग

बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग

बुटवलचौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको हालको विज्ञापन नीतिलाई खारेज गर्नुपर्ने माग गरेको छ । प्रकाशन तथा प्रसारण संघ लु...
रास्वपा महाधिवेशन आजदेखि चितवनमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्...