चार सय मुरी धान फलाउने गुल्मीका कृषक अर्याल सम्मानित


गुल्मी

चार सय मुरी धान फलाउने गुल्मी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका ५४ वर्षीय मेघनाथ अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान गरेको छ ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत धुर्कोट गाउँपालिकाले कृषिका विभिन्न पाँच विधामा व्यवसायीक उत्पादन गरेका मध्येबाट उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्ने गरेको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।

कृषि र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले धानबाली तर्फ अर्याललाई सम्मान गरिएको पन्थीले बताउनुभयो । कोरियामा तीन वर्ष काम गरेर बुटवलमा बस्दै आउनु भएका मेघनाथ अर्यालले २०७७ सालदेखि माटोमै समृद्धिको सपनासहित कृषि कर्म गरिरहनुभएको छ ।

उहाँले आफ्नो ७२ रोपनी र लिजमा लिएको २८ गरेर एक सय रोपनी खेतमा धान खेती गरेर गत वर्ष चार सय मुरी धान भित्र्याएको दाबी गर्नुभयो ।

अर्यालले गत असारमा पञ्चेबाजासहित ९२ खेताला, २७ ठिँगारे (मेलो बनाउने मान्छे) र तीन ठुलो ट्याक्टर प्रयोग गरेर एकै दिन एक सय रोपनीमा रोपाइँ गर्नुभएको थियो । सम्मानित हुँदै अर्यालले आफु काम गरेर खाने मान्छे भएकाले कहिल्यै हुँदैन र सकिँदैन भन्ने मान्यतामा विश्वास नगर्ने बताउनुभयो ।

उहाँले धुर्कोट गाउँपालिकासहित सरकारका सबै निकायबाट सम्भव भएसम्म सहयोग पाएकाले अहिलेको अवस्थामा पुगेको बताउँदै किसानले जङ्गली जनावरबाट कृषि उजप जोगाउन नसकेको गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले परदेश र गाउँको सुख छोडेर अर्यालले गाउँमा गरेको कृषि र पशुपालन निकै उदाहरणीय रहेको बताउनुभयो । धुर्कोट गाउँपालिकाले अर्याललाई गरेको सम्मानले समग्र किसानलाई उर्जा प्राप्त हुने भएकाले सबै स्थानीय तहले अनुसरण गर्न आग्रह गर्नुभयो ।

कृषक अर्यालले अहिले भर्खरैबाट धुर्कोटे चामलको ब्राण्डिङ्ग गरेर बजारिकरण गरिरहनु भएको छ । धुर्कोट गाउँपालिकाको आर्थिक तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा स्थानीय जातको धानबाट प्रशोधन गरेर चामललाई प्याकेजिङ्ग, ब्राण्डिङ्ग गरेर बजारमा पठाउन सुरु गरिएको छ ।

गाउँपालिका, हेफर प्रोजेक्ट र आफ्नो लगानीमा अर्याल खाद्यान्य प्रशोधन तथा प्याकेजिङ्ग उद्योग सञ्चालन गरिएको छ । जसले धुर्कोटे स्थानीय चामम नामले बजार पठाउन सुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सबै प्रक्रिया पूरा गरेर चामल बिक्री वितरण सुरु गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । उहाँले पालिकाले प्रविधि, उद्योग सञ्चालनसँगै चामल प्याकेजिङ्ग तथा बजारिकरणमा सहयोग गरेको बताउनुभयो ।

पोख्रेलले गाउँमा कृषिको सम्भावना बढि भए पनि किसानहरु बाँदर र बँदेललगायतका कारणले उठिबास हुने अवस्था रहेको बताउनुभयो ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...