जलवायु न्याय हाम्रो अधिकार हो: मानव अधिकारकर्मी



बुटवल
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको साधारण सभामा जलवायु न्याय हाम्रो अधिकार हो भन्ने विषयमा सरोकारवाला हरुले जोडदार आवाज उठाएका छन्।
आईतबार बुटवलमा सम्पन्न रुपन्देही शाखाको २७औं साधारण सभामा वोल्दै मानव अधिकार कर्मी तथा सरोकारवालाहरुले पारिस्थितिक सन्तुलन कायम गर्न उद्दार राहत र पुनर्वासका लागि स्थायी संयन्त्र गठन गर्न विलम्ब गर्न नहुने वताएका हुन्।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेनुका पौडेलले अहिले नेपालमा मुख्य द्वन्द्व र जलवायु परिवर्तनको दुई चुनौती रहेको वताएकी छन्। सभापति पौडेलले विश्वका विभिन्न देशमा द्वन्द्व चलिरहेको र यसको असर नेपालमा परेको र जलवायु परिवर्तनको पनि ठूलो असर नेपालमा परेको वताएकी हुन्।
साथै उनले नेपालको अर्थतन्त्र चिन्ताजनक रहेको र सरकार मानव अधिकार वमोजिम नचलेको र स्वच्छ्याचारि, न्यायालय, सञ्चार क्षेत्र, पुलिस, प्रशासनलगायतका क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको वताईन।
उनले साधारण सभाको १० बुंदे अवधारणा पत्र सार्वजनिक गरेको र सो अवधारणामा जलवायु न्यायका लागि शान्ति समाजको अभियान रहेको धारणा व्यक्त गरिन्।
जलवायु परिवर्तनका कारण अत्याधिक हिमाल रहेको नेपालका संवेदनशील हिमालयको गर्भमा हलचल भएको, जलवायु न्याय, क्षतिपूर्ति र समस्या नआउने गरी समाधान गर्न जोडदार माग गरेको धारणा राखिन्।


समाजका पुर्व सभापति गोविन्द खनालले समाज कोही अमुकको नभई सवै दल, संघ, संस्था र आमनागरिकको रहेको र सबैले आ-आफ्नो स्थानबाट समाधामा लाग्नु आवस्यक रहेको धारणा राखेका थिए।
खनालले अहंकारले कसैको हित नहुने वताउदै बर्तमान सरकारले सवैको अधिकारको मध्यानजर गर्नु पर्ने देखिएको र जलवायु न्यायमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने वताए ।
उनले अहिले अर्थतन्त्र चिन्ताजनक रहेको सरकारमै अन्तराष्ट्रिय शक्तिको प्रभाव रहेको जनगुनासो आउने गरेको र यो दुखको विषय रहेको धारणा राखेका थिए।


शान्ति समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली(अर्जुन-दृष्टि)ले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बोल्दै रास्वपा नगर सभापति राजन पाण्डे,कांग्रेस जिल्ला कोषाध्यक्ष हरी अर्याल,एमाले जिल्ला सचिव बाबुराम पन्थी,नेकपा नगर अध्यक्ष महेन्द्र भुषाल,मानव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाही,मानव अधिकार तथा शान्ति समाजका अनुसासन आयोग सदस्य तिर्थराज न्यौपाने, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही व्यापार संघ रुपन्देही अध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष लोकनाथ पन्थी, उच्च अदालत बारका अध्यक्ष माधव घिमिरे,राससका पुर्व अध्यक्ष डा. वालकृष्ण चापागाईं,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, इन्सेकका रिमा विसी, नेपाल घरेलु उद्योग महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारी, स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्ण चौहान, निवर्तमान जिल्ला सभापति खिमलाल भट्टराई, सचिव लिलाधर लुईटेललगायतले वोल्दै जलवायु न्याय मानव अधिकारको विषय रहेकोले यसको समाधानमा लाग्नु पर्ने धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँनेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चित...
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामान बरामद, भारतीय कार पनि नियन्त्रणमा

बुटवलरुपन्देहीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँभन्दा...
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता

काठमाडौँयो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत...
इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

इनम प्रकरण: प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौंजेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित प्रधान...