न्यु होराइजन माविमा ३३औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता



बुटवल
न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।
शुक्रबार आयोजना गरिएको सेमिफाइनलमा प्रदेश भरबाट १ सय ९३ विद्यालय सहभागी रहेका छन्।
प्रदेशमा ४ केन्द्रमा एकै साथ आयोजना गरिएको प्रतियोगितामा रुपन्देहीमा मात्र ७० विद्यालय प्रतियोगितामा सहभागी भएका छन्।
प्रतियोगिताबाट चुनिने ६ वटा विद्यालयहरु मंसिर १९ गते फाईनल प्रतियोगितामा सहभागी हुन पाउने छन्।
उद्घाटन कार्यक्रममा वोल्दै अविभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले राष्ट्रको नेतृत्वदायी संस्था न्यु होराइजन माध्यमिक विद्यालय रहेको वताउदै प्रतियोगितामा सहभागीता जनाउनु नै सानो सफलता रहेको वताउदै प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्न विद्यार्थीहरुलाई शुभकामना दिएका थिए।
उनले जिवन उपयोगी शिक्षा आवस्यक रहेको समेत धारणा राखेका थिए।


प्राचार्य बासुदेव अर्यालले यि र यस्तै प्रतियोगिता विद्यार्थीहरुमा हराउंदै गएको मेहनतमा कमी र पठन संस्कृतिको विकासको अभियान रहेको वताए।
उनले प्रतियोगिता विद्यार्थीमा अन्तर्निहित बौद्धिक क्षमता प्रस्फुटन गर्ने प्लेटफर्म रहेकोले प्रयासरत रहने विद्यार्थीहरुलाई शुभकामना दिएका थिए।
पुर्व प्राचार्य तथा सल्लाहकार लोकनाथ उपाध्यायले आफुहरुले अथक मेहनतबाट विद्यालयलाई संस्थागत विद्यालयमा अव्वल वनाउन सफल भएको र विद्यालय थप उचाईमा पुग्ने विश्वास रहेको धारणा राखेका थिए।
विद्यालयको उच्च मुल्याङ्कनले गर्दा धेरै विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी हुने गरेको खुसी साट्न पाउंदा खुशी लागेको बताए।
कार्यक्रमका संयोजक शिक्षक प्रकाश पन्थले प्रदेश भरबाट सेमिफाइनलमा १ सय ९३ विद्यालय सहभागी रहेको र
रुपन्देही केन्द्रमा मात्र ७० विद्यालय सहभागी भएको र वर्दिया देखि बर्दघाट सम्मका विद्यालय सहभागी गर्न पाउंदा उत्साहित भएको वताएका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजु ,सञ्चालक समितिका विमल शाक्य,निर्मल प्रसाद लाकौल,रामेश्वर श्रेष्ठ ,निवर्तमान उपप्राचार्य वालकृष्ण भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक मिलन रानाले गरेका थिए भने उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

छुटाउनुभयो कि ?

दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

बुटवलदिवाकर स्मृति प्रतिष्ठान नेपालले स्वर्गीय केशव ज्ञवालीद्वारा लिखित नियात्रासंग्रह ‘उज्यालो युरोप’ विमोचन गर्नुका साथै दि...
तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी औद्योगिक व्यापार मेलामा विभिन्न औद्योगिक उत्पादन, घरेलु सामग्री र नयाँ प्रविधिसँगै विजय...
पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

बुटवलबुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मेधावी विद...
न्यु होराइजन माविमा ३३औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता

न्यु होराइजन माविमा ३३औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता

बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आय...