भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला



बुटवल
रुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भाेली बिहिबारदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका-५, मणिग्राममा ‘नवाैं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव-२०८३’ सञ्चालन गर्न लागिएको हो ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना हुने मेलामा औद्योगिक तथा स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार र आर्थिक गतिविधि बढाउने लक्ष्य लिइएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि मेलाकाे तयारी पूरा भऐकाे जानकारी गराएकाे हाे । मेलाकाे भाेली दिउसाे १ बजे तिलाेत्तमा गरपालिकाका नगरप्रमुख रामकृष्ण खाण ले उद्घाटन गर्ने छन् । त्यस्तै भाेली बिहान १० बजे शाेभा कलश यात्रा गरिने आयोजकले बताएका छन् ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै औद्योगिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन मेला आयोजना गरिएको बताए । उनका अनुसार मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व, वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेशको प्रवर्द्धन तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठनको सहआयोजनामा हुने मेलामा करिब ३२५ स्टल रहनेछन् ।


भारतसँगकाे व्यवसायिक कनेक्टिभिटिलाई प्रभावकारी बनाएर व्यवसायिक लाभ लिन सकिन्छ । मेलामा भारतसंगकाे व्यवसायिक कनेक्टिभिटिसंगै बुद्ध सर्किट तथा जानकी सर्किटकाे बिकास र विस्तारमा जाेड दिइएकाे छ । १४ दिनसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शक र १२ कराेडकाे आर्थिक काराेवार हुने अनुमान गरिएकाे पनि उनले बताए । औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी एवं बिक्री मुख्य आकर्षणका रूपमा रहने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले बताए । उनका अनुसार कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि मेलामा समेटिएका छन् ।

मेलामा मनोरञ्जनका लागि पनि विभिन्न आकर्षण छन् । संघका महासचिव तथा मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटरफल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका विशेष आकर्षण हुनेछन् । त्यसैगरी पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा निर्माण गरिने मुख्य प्रवेशद्वारले पनि आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम र बालउद्यान मेलाका थप आकर्षण हुनेछन् ।

तिलोत्तमाको पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका पर्यटकीय गन्तव्यको पहिचान झल्किने पर्यटन ग्यालरीसमेत राखिनेछ । यसले स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । मेलालाई व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम तथा वातावरणीय सचेतनासँग जोड्ने कार्यक्रमसमेत तय गरिएको छ । जलवायु परिवर्तन र त्यसका प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थीलाई उद्यमशीलताप्रति प्रेरित गर्ने गतिविधिका साथै हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य प्रस्तुत गरिनेछ । विभिन्न समसामयिक तथा व्यावसायिक विषयमा प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

मेलामा श्रम डेस्क स्थापना गर्नुका साथै श्रम अडिटको कार्यक्रम पनि राखिएको छ । यसबाट उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण हुने अपेक्षा गरिएको छ । मेला व्यवस्थित रूपमा सञ्चालन गर्न संघले पदाधिकारी तथा कार्यसमिति सदस्यलाई विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । आयोजकले मेलालाई उद्योग, व्यापार, कृषि, पर्यटन र प्रविधिको साझा प्रदर्शनीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

मेला अवलाेकनमा आउने सर्वसाधारणलाई १ सय रुपैंया शुल्क र अर्काे विशेष समयका लागि विशेष टिकटकाे व्यवस्था गरिएकाे छ । जेष्ठ नगरिक, अपाङ्गता , फरक क्षमता भएकाहरुलाई निशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे छ ।

छुटाउनुभयो कि ?

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

बुटवलरुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।तिलोत्तमा उद्योग वाणि...
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

काठमाडौंआईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।न्य...
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

बुटवलदूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्म गुणस्तर र शुद्धता कायम गर्न सरोकारवालाले डेरी व्यवसायीलाई आग्रह गरेका छ...
एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।खेलमा दुवै ट...