पत्रपत्रिका

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलरुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।विभाग तथा मातहतका निकायले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ दूषित पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सम्पूर्ण चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम महानिर्देशकको निर्णयअनुसार यस्तो आदेश जारी गरेको जनाएको छ। साथै ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त चियाको बिक्री तथा वितरण नगर्न र नगराउन समेत निर्देशन दिइएको छ।विभागको आदेशअनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ फिर्ता गर्नुपर्नेछ। फिर्ता गर्न भनिएको चियाको ब्याच ...
निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । लगातारको वर्षाले प्रदेशका मुख्य राजमार्ग, सहायक मार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन तथा मौसम पूर्वानुमानअनुसार भारी वर्षाको जोखिम बढिरहेका बेला लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार अविरल परिरहेकाे बर्षासंगै अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा र प्युठानका विभिन्न सडक खण्ड प्रभावित भएका छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार सडक अवरुद्ध भएका १० स्थानमध्ये नौ स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एउटा सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सन्...
मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँबंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मात्र हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो २४ घण्टामा भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई भूभागमा भारी र धेरै भारी वर्षा भएको थियो । सबैभन्दा बढी पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा १९६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षाका रूपमा लिइन्छ । 'पछिल्लो १ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भएको छ। बागमतीदेखि पूर्वका कोशी र मधेशका तराई भूभागमा पानी परेको छैन,' म...
देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिक...
नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँजलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय कार्यक्रममा उनले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा नेपालले भोटेकोसी बाढीसम्बन्धी छोटो भिडियोसमेत प्रस्तुत गरेको थियो । कार्यक्रमका सहआयोजकमा भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै खनालले हिमाल, नदी, समुद्...
निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सुस्ताबाट २४ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुस्ताका अनुसार २४ घर परिवारलाई बढकी टोलामा रहेको होल्डिङ सेन्टरमा सारिएको हो । स्थानिय मुन्सी कुमारका अनुसार अन्य केही स्थानीयले आफन्तकोमा आश्रय लिएका छन् । डुबानमा परेका घरपरिवारलाई सार्न स्थानीयहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । शुक्रबार साँझ ५ बजेतिर नारायणीको बाढी गाउँमा पसेको हो । तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका व्यक्तिहरुलाई होल्डिङ सेन्टरमा सारियो बुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। तिनाउ नदीको बहाव बढ्दै जानथालेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत अन्तर्गत तिनाउ पुल...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। तिनाउ नदीको बहाव बढ्दै जानथालेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत अन्तर्गत तिनाउ पुलमूनी नदी किनारमा बसेका १५ जना व्यक्तिहरुलाई होल्डिङ सेन्टरमा सारिएको हो। बुटवल उपमहानगरपालिकाको कार्यालयले कान्ति माध्यमिक विद्यालयमा जोखिमपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि होल्डिङ सेन्टर बनाएको छ । खोलाको बहाव बढ्दै गएपछि केही व्यक्तिहरु स्वतःस्र्फूत होल्डिङ सेन्टरमा आउन थालेको समेत इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नेत्र बुढाक्षेत्रीले जानकारी दिए। प्रहरीले बुटवल क्षेत्रमा रहेका प्रमुख नदीहरु तिनाउ र दानवको किनारमा बस्दै आएका व्यक्तिहरुलाई लक्षित गरी सार्वजनिक सूचनाहरु समेत जारी गरिरहेको छ। अहिले तिनाउ नदीको बहाव बढ्दै गइरहेको छ । विहिवारदेखि बुटवल...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका अन्तर्गत पर्ने हरेवा, रिठारुखमा भएको थियो। उहाँ निम्न मध्यम वर्गीय परिवारका पिता प्रेमराज शर्मा र माता चन्द्रकला शर्माको दोस्रो सन्तान तथा जेठो छोरा हुनुहुन्थ्यो।प्रारम्भिक रूपमा शिक्षण पेसामा आबद्ध रहँदै गर्दा उहाँमा समाज रूपान्तरण र राजनीतिक चेतनाको विकास भएको थियो। पछि साहित्य र राजनीतिमा लागेपछि उहाँले आफ्नो नामको पछाडि 'आश्रित' उपनाम जोड्नुभएको थियो। उहाँको प्रारम्भिक जीवन सरल, अध्ययनशील र जनपक्षीय चिन्तनले भरिएको थियो।जीवराज आश्रितले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट पार्टीको सदस्यता लिएर औपचारिक रूपमा राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो। वि.सं. २०२६ सालतिर रूपन्देही र गुल्मीलाई कार्यक्षेत्र बनाएर सक्रिय रहनुभएका नेता देवेन्द्...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेतावनीका रूपमा प्रस्तुत गरेका छन् । हिमनदी पग्लिने, पर्माफ्रस्ट अस्थिर हुने र हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढिरहेको भन्दै उनले जलवायु संकट सीमाविहीन भएकाले नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए । उनले तीन देशको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन गरी तथ्यांक र विशेषज्ञता आदानप्रदान, हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोग अघि बढाउन प्रस्ताव गरे । १. भोटेकोशी विपत्ति : जलवायु संकटको चेतावनीप्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भोटेकोशी–त्रिशूली विपत्तिलाई नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए । जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै उनले हिमालय क्षेत्रमा सहकार्यको प्रस्ताव गरे । उनले...
देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव: मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसमेत चल्ने

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव: मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसमेत चल्ने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्...