निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?



काठमाडौँ
सुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो
२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सुस्ताबाट २४ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुस्ताका अनुसार २४ घर परिवारलाई बढकी टोलामा रहेको होल्डिङ सेन्टरमा सारिएको हो । स्थानिय मुन्सी कुमारका अनुसार अन्य केही स्थानीयले आफन्तकोमा आश्रय लिएका छन् ।

डुबानमा परेका घरपरिवारलाई सार्न स्थानीयहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । शुक्रबार साँझ ५ बजेतिर नारायणीको बाढी गाउँमा पसेको हो ।

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका व्यक्तिहरुलाई होल्डिङ सेन्टरमा सारियो

बुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। तिनाउ नदीको बहाव बढ्दै जानथालेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत अन्तर्गत तिनाउ पुलमूनी नदी किनारमा बसेका १५ जना व्यक्तिहरुलाई होल्डिङ सेन्टरमा सारिएको हो।

बुटवल उपमहानगरपालिकाको कार्यालयले कान्ति माध्यमिक विद्यालयमा जोखिमपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि होल्डिङ सेन्टर बनाएको छ । खोलाको बहाव बढ्दै गएपछि केही व्यक्तिहरु स्वतःस्र्फूत होल्डिङ सेन्टरमा आउन थालेको समेत इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नेत्र बुढाक्षेत्रीले जानकारी दिए। प्रहरीले बुटवल क्षेत्रमा रहेका प्रमुख नदीहरु तिनाउ र दानवको किनारमा बस्दै आएका व्यक्तिहरुलाई लक्षित गरी सार्वजनिक सूचनाहरु समेत जारी गरिरहेको छ।

अहिले तिनाउ नदीको बहाव बढ्दै गइरहेको छ । विहिवारदेखि बुटवलमा निरन्तर पानी परिरहेको छ। मौसम तथा पूर्वानुमान महाशाखाले समेत उच्च जोखिमपूर्ण क्षेत्रको सूचिमा तिनाउ नदी र आसपासका क्षेत्रलाई राखेको छ। होल्डिङ सेन्टरमा राखिएकामध्ये अधिकांश बच्चाबच्ची र महिलाहरु छन्।

गुल्मीमा पछिल्लो २४ घण्टामा १०९ मिलिलिटर वर्षा, जिल्लाभर सवारी आवत जावतमा रोक
जल तथा मौसम विज्ञान विभागका अनुसार गुल्मीको भार्सेमा पछिल्लो २४ घण्टामा १०९.६ र रिडिमा १०९.२ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण गुल्मीको कालिगण्डकी गाउँपालिकाको पातिखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै वर्षाका कारण बागलुङ हुँदै बगेर आउने बडीगाड खोलामा पानीको सहत २ मिटर बढेको छ ।

विभागले गुल्मीमा अत्यधिक वर्षा हुने र त्यसले बाढी पहिरोलगायतका जोखिम हुनसक्ने आंकलन गरेपछि गुल्मीका स्थानीय तहहरूले बुधबारदेखि विद्यालयहरू बन्द गरेका छन् । अविरल वर्षाका कारण आउनसक्ने बाढी पहिरोको क्षतिलाई कम गर्न गुल्मी जिल्लाभर रातको समयमा अत्यावश्यकबाहेकका सवारी आवत जावतमा रोक लगाए जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल सेन ओलीले बताए ।

कोशी ब्यारेजका ३१ ढोका खोलिए
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । शुक्रबार बिहान १० बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९८ हजार २२० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।

दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएकामा दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।

सन्धिखर्क–गोरुसिंगे सडकमा राति यातायात बन्द
पहिरोका कारण बेलाबेला अवरुद्ध भइरहेको सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा राति यातायातमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शुक्रवार बेलुका ६ बजेदेखि शनिबार विहान ६ बजेसम्मका लागि अति आवश्यक र विपद् प्रयोजनबाहेकका अन्य सबै सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेको हो ।

उक्त सडकको नरपानी–घुम्ती–फुदवाङसम्मको क्षेत्रका विभिन्न ठाउँमा सडक माथिबाट पहिरो र लेदो खसेर अवरोध भइरहेको छ । सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिधिले सडक अवरुद्ध हुने बित्तिकै पहिरो पन्छाएर खुलाउने काम गरिरहे पनि जोखिम भएकाले राति यातायातमा रोक लगाइएको हो ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। ति...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँप...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेता...