विविध

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंजापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो । नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो । जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलाए । यसपटक पनि नेदरल्यान्ड्सबाट ग्राभनेबर्कले नै असिस्ट गरेका थिए ।तर दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २–२ को बराबरीमा ल्याएको थियो । नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पट...
राष्ट्रबैंकको अर्धबार्षिक प्रतिवेदन: यस्ता छन् आर्थिक सूचकांक ?

राष्ट्रबैंकको अर्धबार्षिक प्रतिवेदन: यस्ता छन् आर्थिक सूचकांक ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान थियो । प्रतिवेदनअनुसार विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशत रहने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत रहने अनुमान छ । प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत र औद्योगिक क्षेत्रको योगदान १३.७३ प्रतिशत रहनेछ । कृषि क्षेत्रमा खाद्य तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको छ । तरकारी तथा बागबानी उत्पादन १.०२ प्रतिशत र फलफूल उत्पादन ६.५१ प्रतिशतले बढेको छ । त्यस्तै दूध उत्पादन २५.९७ प्रतिशतले घट्दा मासु उत्पादन...
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका लागि नयाँ निर्देशिका

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सुरक्षा, प्रवेश प्रक्रिया र भ्रमणलाई थप व्यवस्थित बनाउने उद्देश्यले नयाँ तथा अद्यावधिक निर्देशिका सार्वजनिक गरेको छ ।पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो। नेपाल प्रवेश गर्दा भन्सार विभागको अनलाइन वा भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ । सीमामा पुगेपछि भन्सार अधिकारीलाई आफ्नो सवारी साधनमा रहेका यात्रुहरूको सूची, उमेर, लिङ्ग, नेपालमा रहने अवधि र भ्रमण गर्ने स्थानको जानकारी दिनुपर्नेछ।भारतीय नागरिकका हकमा भिसा आवश्यक नभए पनि वैध राहदानी वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । सुरक्षाका लागि यात्रु र सवारी साधनको नियमित जाँच गराउन समेत बोर्डले अनुरोध गरेको छ । पहाडी क्षेत्रको भौगोलिक जटिल...
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलफिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को बहुप्रतिक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र अफ्रिकी पावरहाउस मोरक्को १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेका छन्। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको सटिक थ्रु-बलमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अप्रत्याशित सुरुवाती अग्रता दिलाएका थिए। तर मोरक्कोको यो खुसी धेरै बेर टिक्न पाएन। खेलको ३२औँ मिनेटमा ब्रुनो गुइमारेसको पासमा विङ्गर भिनिसियस जुनियरले विपक्षी डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेर ब्राजिललाई खेलमा फर्काए। ब्राजिलका लागि ५०औँ खेल खेलिरहेका भिनिसियसको यो गोल नै खेलको निर्णायक बराबरी बन्न पुग्यो। पहिलो हाफमा पहेँलो कार्ड खाएका कारण ब्राजिलका प्रशिक्षक कार्लो एन्सिलोटीले दोस्रो हा...
लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवललुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक(फरक स्थानमा तीनवटा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ह्याकाथन, लुम्बिनीमा शान्ति पदयात्रा तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘‘Community Awareness Program’ ’ ९जनचेतना कार्यक्रम आयोजना गएिको लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) भुपेन्द्रबहादुर खत्रीाले बताए । फरक प्रकृति र क्षेत्रका सहभागीहरूलाई लक्षित गरी यी कार्यक्रम तय गरिएका हुन्।प्रहरी तालिम केन्द्रमा हुने ‘‘Hack4Safety’’ मार्फत प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटिने प्रदेश प्रहरी प्रमुख खत्रीले बताए। परम्परागत उपायले मात्र आधुनिक ...
बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजकै दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो।नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।नगरले “पढाइसँगै रोजगार” अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय क...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे ।  खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । लगातार १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ भने चेक रिपब्लिक सन्...
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध एकै दिन तीन वटा अदालतमा मुद्दा दायर भएको छ ।  हिजो जिल्ला अदालत काठमाण्डौ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । जिल्ला अदालत काठमाण्डौमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरूद्ध मुद्दा दायर भएको छ । यसैगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जना जनाविरूद्ध पनि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।  सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । यसैगरी उच्च अदालत पाटनमा भट्ट, शाहिल अग्रवाल, शुलभ र शंकरलाल अग्रवालविरुद्ध बैङ्किङ कसुरको मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध नेपालको धितोपत...
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो । अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सकिएको रास्वपाले जनाएको छ । पार्टीका अनुसार बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ । ...
स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा पुगेको छ।सम्मानित रोजगारी र सुनिश्चित भविष्यको लागि प्राविधिक शिक्षाको मुलनारा लिएर गुल्मीको मजुवामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीको आफ्नै आंगिक सरकारी शिक्षालयको रूपमा २०७८सालमा सम्वन्धन प्राप्त भएर अंगाडी बढेको हो।यस शिक्षालयमा ३बर्षे कृषि वाली विज्ञान तथा पशु विज्ञान संचालनमा रहेको छ।उक्त शिक्षालय देशभरका सिटिइभिटीको आङ्गिक ६६ सरकारी शिक्षालय हरु मध्येकै महत्वपूर्ण शिक्षालय हो। यस शिक्षालयमा प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फिल्ड तथा पशु फार्म रहेको छ।नविनतम खोज ,सिकाई, अध्यायन,अध्यापन हुन्छ। शान्त बातावरण,स्मार्ट वोर्ड तथा कम्प्युटर सहित प्रविधि मैत्री वातावरण रहेको छ। विषय विज्ञ तथा अनुभवी प्रशिक्षकबाट...