स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका लागि नयाँ निर्देशिका



काठमाडौं
नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सुरक्षा, प्रवेश प्रक्रिया र भ्रमणलाई थप व्यवस्थित बनाउने उद्देश्यले नयाँ तथा अद्यावधिक निर्देशिका सार्वजनिक गरेको छ ।
पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो। नेपाल प्रवेश गर्दा भन्सार विभागको अनलाइन वा भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ । सीमामा पुगेपछि भन्सार अधिकारीलाई आफ्नो सवारी साधनमा रहेका यात्रुहरूको सूची, उमेर, लिङ्ग, नेपालमा रहने अवधि र भ्रमण गर्ने स्थानको जानकारी दिनुपर्नेछ।
भारतीय नागरिकका हकमा भिसा आवश्यक नभए पनि वैध राहदानी वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । सुरक्षाका लागि यात्रु र सवारी साधनको नियमित जाँच गराउन समेत बोर्डले अनुरोध गरेको छ । पहाडी क्षेत्रको भौगोलिक जटिलता र साँघुरा सडकलाई ध्यानमा राख्दै पर्यटकहरूलाई आफ्ना सवारी साधन चुस्त अवस्थामा राख्न अनुरोध गरिएको छ । विशेष गरी भारतीय सवारी साधनका चालकहरूले नेपालको भूगोल र मौसमको अवस्थाबारे पूर्वजानकारी राख्नुका साथै सुरक्षित रूपमा सवारी चलाउनुपर्ने बोर्डको सुझाव छ।

पर्यटकहरूलाई प्राथमिक उपचार किट र नियमित औषधि साथमा राख्न बोर्डले प्रोत्साहित गरेको छ । मुक्तिनाथजस्ता उच्च उचाइ (३८०० मिटर) मा जाने पर्यटकहरूका लागि अक्सिजनको व्यवस्था मिलाउन र लेक लाग्ने समस्या प्रति सचेत रहन आग्रह गरेको छ । पर्यटन बोर्डका अनुसार फोहोरमैला व्यवस्थापन गर्दा तोकिएको स्थान वा डस्टबिनबाहेक अन्यत्र फोहोर फाल्न निषेध गरिएको छ ।

स्थानीय परम्परा, संस्कृति र पवित्र स्थलहरूको सम्मान गर्न तथा मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ । नेपालमा गाँजा सेवन वा बिक्री वितरण गैरकानूनी छ। मदिराको प्रयोग सन्तुलित रूपमा गर्नुपर्नेछ । भारतीय पर्यटकहरूले अधिकतम ५,००० अमेरिकी डलर बराबरको नगद मात्र बोक्न पाउनेछन् । डिजिटल भुक्तानीको व्यवस्था धेरै पर्यटकीय स्थलमा सहज रहेको छ । पदयात्रीहरूले अनिवार्य रूपमा दर्ता भएका गाइडहरूमार्फत मात्र यात्रा गर्नुपर्नेछ। साथै, प्रवेश गर्दा आफूसँग भएको सुन, चाँदी वा बहुमूल्य गरगहनाको घोषणा गर्नुपर्नेछ, जसले गर्दा निस्कने समयमा कुनै झन्झट हुने छैन ।

यस्तै, यात्राका क्रममा कुनै पनि असहज परिस्थिति आइपरेमा आपतकालीन सम्पर्कका लागि पर्यटक प्रहरी वा पर्यटन बोर्डका कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पर्यटक प्रहरी हटलाइन ११४४, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय ०६१–४५५२९२ मा सम्पर्क गर्न सकिनेछ । पर्यटन बोर्डले जिम्मेवार पर्यटनको अभ्यास गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको संरक्षणमा सघाउन सबै पर्यटकहरूलाई अपिल गरेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...