विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो


काठमाण्डौ – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे । 

खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । लगातार १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ भने चेक रिपब्लिक सन् २००६ पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो । 

आज राति नेपाली समयअनुसार पौने १ बजे समूह ‘बी’ मा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, भोलि बिहान पौने ७ बजे समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । 

छुटाउनुभयो कि ?

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित नि...
असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

श्रीराम ज्ञवालीसमाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएक...
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

काठमाडौंवैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत...
औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

काठमाडौँनेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) को १५औँ राष्ट्रिय अधिवेशन, ५३औँ केन्द्रीय वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया...