विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए



बुटवल
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतिक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र अफ्रिकी पावरहाउस मोरक्को १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेका छन्। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो।

खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको सटिक थ्रु-बलमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अप्रत्याशित सुरुवाती अग्रता दिलाएका थिए। तर मोरक्कोको यो खुसी धेरै बेर टिक्न पाएन। खेलको ३२औँ मिनेटमा ब्रुनो गुइमारेसको पासमा विङ्गर भिनिसियस जुनियरले विपक्षी डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेर ब्राजिललाई खेलमा फर्काए। ब्राजिलका लागि ५०औँ खेल खेलिरहेका भिनिसियसको यो गोल नै खेलको निर्णायक बराबरी बन्न पुग्यो।

पहिलो हाफमा पहेँलो कार्ड खाएका कारण ब्राजिलका प्रशिक्षक कार्लो एन्सिलोटीले दोस्रो हाफको सुरुवातमै कासिमिरो र इबानेजलाई मैदान बाहिर बोलाएर फाबिन्हो र डानिलोलाई मैदान पठाएका थिए। दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि रक्षात्मक खेलका कारण थप गोल हुन सकेन। खेलको अन्तिम क्षणमा मोरक्कोका एल आयनाउईले प्रहार गरेको बललाई ब्राजिलियन गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिलको संकट टारेका थिए। विश्वकप इतिहासमा २८ वर्षपछि आमने–सामने भएका यी दुई टोलीले आ-आफ्नो पहिलो खेलमा समान १–१ अंक जोड्दै प्रतियोगिताको सुखद सुरुवात गरेका छन्।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...