विविध

दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारका विषयमा छलफल गर्न सरकारी टोली चीन जाने तयारीमा छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान लागेको हो । चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।तर, अन्वेषणको अन्तिम प्रतिवेदन चीनले अझै दिएको छैन । मन्त्रालयका अनुसार चिनियाँ टोलीले आगामी डिसेम्बरमा प्रतिवेदन दिने जनाएको छ । सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभ...
मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला

मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाठक मञ्च बुटवल र आगोका फूलहरूको संयुक्त आयोजनामा काठमाडौँ र बुटवल कति टाढा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले काठमाडौँ हरेक हिसाबले अगाडि हुनु र बुटवल तुलनात्मक रुपमा पछाडि हुनुको कारण मानवीय संसाधन र भौतिक स्तर वृद्धि रहेको निष्कर्ष निकालेका छन्। आइतबार रूपन्देहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले काठमाडौँ हरेक हिसाबले अगाडि रहेको र शिक्षा ,सञ्चार जस्ता क्षेत्रमा बुटवल केही मात्रामा अगाडि रहे पनि त्यसलाई गहन रुपमा लिन नसकेको बताएका छन्। कार्यक्रममा बोल्दै बुटबल टुडे पत्रिकाका सम्पादक कृष्ण मल्लले आफूले २०४७ पछि बुटवललाई अवलोकन गरिरहेको तत्कालीन अवस्था र अहिले शहर विस्तार ,भौतिक निर्माण ,शिक्षा ,सञ्चार लगायतका क्षेत्रमा विकास रहेको तथापि देशको राजधानीमा समग्र देशको महत्त्व हुने र बुटवलमा स्थापित निजी शिक्षालयहरू बढी नाफामुखी हुँदा शिक्षाको स्तर ...
आजबाट तिहार पर्व सुरु, तिहारकाे पहिलाे दिन आज धनतेरस

आजबाट तिहार पर्व सुरु, तिहारकाे पहिलाे दिन आज धनतेरस

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरिको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रूपमा पनि मानिन्छ ।धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान् धातुका साथमा नयाँ भाँडा कुँडा र गरगहना किन्ने गर्छन् । त्यही भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरि हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।भगवान् धन्वन्तरिलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरि भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । धनतेरसको दिनला...
१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा

१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल संचालन भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा बनेको अस्पताल बिहीबारबाट संचालनमा आएको हो । त्यसपछि गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्थापन गरी अस्पताल संचालनमा ल्याएको हो । गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रबृत्ती करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्ती गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरे लगायत ओपिडी सेवाहरु संचालन हुनेछन् । जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभीमार्फत अस्पताल निर्माणको काम सक्नुभएको थियो । गुल्मीदरबारमा भने यसभन्दा पहिले नै अस्पताल संचालन भइसकेको छ । गाउँपालिका उपाध्यक...
सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसगरमाथा क्षेत्रबाट विनाशकारी हिमबाभढी आउने जोखिम बढ्दै गएको विज्ञहरुले जनाएका छन् । सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष आएको हिमबाढीको अध्ययनबाट विज्ञहरुले यो निष्कर्ष निकालेका हुन् । अध्ययनबाट सोलुखुम्बुको थामे क्षेत्रमा आएको हिम बाढी (ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) ‘जटिल प्रकारको भू-आकृतिको श्रृंखला’मा जलवायु परिवर्तनले गरेको असरका कारण विनाशकारी बनेको निष्कर्ष निकालिएको छ ।अध्ययनले दुधकोसी नदी बेसिन र सगरमाथा क्षेत्रलाई ‘हिमताल फुट्ने बाढीका लागि अति संवेदनशील क्षेत्र’ भनेर किटान समेत गरेको छ, जहाँ पछिल्ला ५० वर्षभित्र पाँच ठूला हिमताल विष्फोटका कारण विनासकारी बाढीका घटना भइसकेका छन्तीमध्ये थामेको बाढी पनि एक थियो । यसैगरी गत असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पनि हिमताल फुटेकै कारण आएको विज्ञहरु...
पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ । डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ ।आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो ।तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ...
नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं २३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित ...
हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक, विपीनको न सास भेटियो न लास

हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक, विपीनको न सास भेटियो न लास

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौँहमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । इजरायली सेनाले १३ जना बन्धक हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जानकारी दिदै उनीहरुलाई सेनाको ब्यारेकमा लगिन लागेको बताएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ । ...
दसैंमा लुम्बिनी प्रदेशमा मात्र ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु

दसैंमा लुम्बिनी प्रदेशमा मात्र ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज
रुपन्देहीदेशभरजस्तै लुम्बिनी प्रदेशमा पनि यस वर्षको बडादसैंमा सवारी दुर्घटनाको संख्या निकै बढेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशभर ५३६ वटा सवारी दुर्घटना भएका छन्।दसैंको समयमा सधैंजसो सवारी चाप बढ्ने र यात्राको हतार हुने भएकाले दुर्घटनाको जोखिम पनि उच्च हुने गर्छ। यसपालि वर्षासँगै पहाडी क्षेत्रमा बाढी–पहिरो र तराई क्षेत्रमा ओभरस्पीडजस्ता कारणले दुर्घटनाको दर झन् बढेको ट्राफिक प्रहरीले जनाएको छ।नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालका अनुसार १२ जिल्लामा भएका ती दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका रहेका छन्। दुर्घटनामा परेर १४८ जना गम्भीर र ५८७ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेमध्ये ९६ जना पुरुष, ३२ जना महिला र...
आज शास्त्रीय विधिअनुसार घरघरमा फूलपाती भित्र्याइँदै

आज शास्त्रीय विधिअनुसार घरघरमा फूलपाती भित्र्याइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी द...