उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास
बुटवल
नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक...








