पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च


काठमाडौं
सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ ।

डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ ।
आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।
१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो ।
तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ।
सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको औसत सघनता ४२३.९ पीपीएम मापन गरिएको छ । सन् २००४ मा डब्ल्यूएमओले पहिलोपटक हरितगृह ग्यास बुलेटिन प्रकाशित गरेको थियो, त्यतिबेला यो ३७७.१ पीपीएम मात्र थियो ।
जमिन र समुद्री पारिस्थितिकी तन्त्रहरूले कार्बन डाइअक्साइड सोस्ने क्षमतामा कमी आएको छ, जसका कारण यो एक खतरनाक जलवायु चक्रमा रूपान्तरित हुँदै गएको वैज्ञानिकहरु बताउँछन् ।
संयुक्त राष्ट्रसंघ मौसम विज्ञान निकायकी उपमहासचिव को बेरेटका अनुसार, कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासका कारण तापक्रम तीव्र गतिमा बढ्दै गएको छ । यसले जलवायु परिवर्तनलाई अझ गम्भीर बनाइरहेको छ र चरम मौसमका घटनाहरू बढाइरहेको छ ।

उनी चेतावनी दिँदै भन्छिन्, ‘हामीले कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकेनौँ भने यो हाम्रो जलवायु मात्र होइन, आर्थिक सुरक्षामा र सामुदायिक कल्याणमा पनि गम्भीर असर पार्नेछ ।’

छुटाउनुभयो कि ?

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...