पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च


काठमाडौं
सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ ।

डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ ।
आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।
१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो ।
तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ।
सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको औसत सघनता ४२३.९ पीपीएम मापन गरिएको छ । सन् २००४ मा डब्ल्यूएमओले पहिलोपटक हरितगृह ग्यास बुलेटिन प्रकाशित गरेको थियो, त्यतिबेला यो ३७७.१ पीपीएम मात्र थियो ।
जमिन र समुद्री पारिस्थितिकी तन्त्रहरूले कार्बन डाइअक्साइड सोस्ने क्षमतामा कमी आएको छ, जसका कारण यो एक खतरनाक जलवायु चक्रमा रूपान्तरित हुँदै गएको वैज्ञानिकहरु बताउँछन् ।
संयुक्त राष्ट्रसंघ मौसम विज्ञान निकायकी उपमहासचिव को बेरेटका अनुसार, कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासका कारण तापक्रम तीव्र गतिमा बढ्दै गएको छ । यसले जलवायु परिवर्तनलाई अझ गम्भीर बनाइरहेको छ र चरम मौसमका घटनाहरू बढाइरहेको छ ।

उनी चेतावनी दिँदै भन्छिन्, ‘हामीले कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकेनौँ भने यो हाम्रो जलवायु मात्र होइन, आर्थिक सुरक्षामा र सामुदायिक कल्याणमा पनि गम्भीर असर पार्नेछ ।’

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...