दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै


काठमाडौं

दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारका विषयमा छलफल गर्न सरकारी टोली चीन जाने तयारीमा छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान लागेको हो ।

चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।
तर, अन्वेषणको अन्तिम प्रतिवेदन चीनले अझै दिएको छैन । मन्त्रालयका अनुसार चिनियाँ टोलीले आगामी डिसेम्बरमा प्रतिवेदन दिने जनाएको छ । सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभागका महानिर्देशक नापितको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजनाका कर्मचारीसहितको टोली चीन जान लागेको हो ।
‘चीनले दिने रिपोर्टमा हामीले रिभ्यू गरिदिनुपर्ने हुन्छ । त्यसका लागि चीनले कन्फ्रेन्स आयोजना गरेको छ । त्यसमा सहभागी हुन विभागको टोली चीन जान लागेको हो,’ खानी विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाम्रो रिभ्यूपछि चीनले डिसेम्बरमा अन्तिम रिपोर्ट दिने जनाएको छ ।’
दैलेखको जलजलेमा २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालिएको थियो । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनेर ग्याँसको भण्डार फेला पारिएको थियो । थप परीक्षणका लागि नमूना संकलन गरी चीन लगिएको थियो ।
चिनियाँ टोलीले अन्वेषण रिपोर्टबाट ग्याँसको गुणस्तर, त्यसको प्रशोधनसहित उत्पादन लागतका साथै व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पत्ता लाग्ने अधिकारीहरु बताउँछन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...