दसैंमा लुम्बिनी प्रदेशमा मात्र ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु


रुपन्देही
देशभरजस्तै लुम्बिनी प्रदेशमा पनि यस वर्षको बडादसैंमा सवारी दुर्घटनाको संख्या निकै बढेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशभर ५३६ वटा सवारी दुर्घटना भएका छन्।
दसैंको समयमा सधैंजसो सवारी चाप बढ्ने र यात्राको हतार हुने भएकाले दुर्घटनाको जोखिम पनि उच्च हुने गर्छ। यसपालि वर्षासँगै पहाडी क्षेत्रमा बाढी–पहिरो र तराई क्षेत्रमा ओभरस्पीडजस्ता कारणले दुर्घटनाको दर झन् बढेको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालका अनुसार १२ जिल्लामा भएका ती दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका रहेका छन्।

दुर्घटनामा परेर १४८ जना गम्भीर र ५८७ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेमध्ये ९६ जना पुरुष, ३२ जना महिला र १९ जना बालबालिका रहेका छन् भने सामान्य घाइतेमा ३७४ पुरुष, ४८ महिला र ७७ बालबालिका छन्।

डीएसपी बस्यालका अनुसार पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा दुर्घटनाको संख्या बढी रहेको छ। रुपन्देही जिल्लामा सबैभन्दा बढी १३५ सवारी दुर्घटना भएका छन्, जसमा ७ जनाको मृत्यु र २० जना गम्भीर घाइते भएका छन्। साथै ११९ जना सामान्य घाइते भएका छन्।

यस्तै, बाँकेमा ९९ वटा दुर्घटनामा ४ जनाको मृत्यु, १६ जना गम्भीर र १४० जना सामान्य घाइते भएका छन्। बर्दियामा ९३ दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५५ जना गम्भीर र ५३ जना सामान्य घाइते भएका छन्।

पश्चिम नवलपरासीमा ५० दुर्घटनामा २ जना गम्भीर र ५७ जना सामान्य घाइते भएका छन्। कपिलवस्तुमा ४४ दुर्घटना हुँदा ३ जनाको मृत्यु, २६ जना गम्भीर र ६३ जना सामान्य घाइते भएका छन्।

त्यस्तै, दाङमा ५० दुर्घटनामा १ जनाको मृत्यु, १९ जना गम्भीर र ३७ जना सामान्य घाइते भएका छन्। पाल्पामा २३ दुर्घटनामा २ जनाको मृत्यु, १ जना गम्भीर र ४० जना सामान्य घाइते भएका छन्। गुल्मीमा १९ दुर्घटनामा ३ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन्।

अर्घाखाँचीमा १० दुर्घटनामा २ जनाको मृत्यु, ४ जना गम्भीर र २८ जना सामान्य घाइते भएका छन्। प्यूठानमा १३ दुर्घटनामा १ जना गम्भीर र १४ जना सामान्य घाइते भएका छन्। रोल्पामा ७ दुर्घटनामा १३ जना सामान्य घाइते भएका छन् भने पूर्वी रुकुममा एक दुर्घटनामा १ जना गम्भीर र १ जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरीले दसैंमा हुने दुर्घटनाको मुख्य कारणहरूमा ओभरस्पीड, मदिरा सेवनपछि सवारी चलाउने, अवरोधपूर्ण सडक, वर्षाका कारण फिस्लिने बाटो, र लामो दूरीका थकाइजन्य कारणलाई देखाएको छ। प्रहरीले सडकमा सतर्कता, सवारी निरीक्षण र गति नियन्त्रणमा जोड दिइरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजन...