दसैंमा लुम्बिनी प्रदेशमा मात्र ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु


रुपन्देही
देशभरजस्तै लुम्बिनी प्रदेशमा पनि यस वर्षको बडादसैंमा सवारी दुर्घटनाको संख्या निकै बढेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशभर ५३६ वटा सवारी दुर्घटना भएका छन्।
दसैंको समयमा सधैंजसो सवारी चाप बढ्ने र यात्राको हतार हुने भएकाले दुर्घटनाको जोखिम पनि उच्च हुने गर्छ। यसपालि वर्षासँगै पहाडी क्षेत्रमा बाढी–पहिरो र तराई क्षेत्रमा ओभरस्पीडजस्ता कारणले दुर्घटनाको दर झन् बढेको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालका अनुसार १२ जिल्लामा भएका ती दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका रहेका छन्।

दुर्घटनामा परेर १४८ जना गम्भीर र ५८७ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेमध्ये ९६ जना पुरुष, ३२ जना महिला र १९ जना बालबालिका रहेका छन् भने सामान्य घाइतेमा ३७४ पुरुष, ४८ महिला र ७७ बालबालिका छन्।

डीएसपी बस्यालका अनुसार पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा दुर्घटनाको संख्या बढी रहेको छ। रुपन्देही जिल्लामा सबैभन्दा बढी १३५ सवारी दुर्घटना भएका छन्, जसमा ७ जनाको मृत्यु र २० जना गम्भीर घाइते भएका छन्। साथै ११९ जना सामान्य घाइते भएका छन्।

यस्तै, बाँकेमा ९९ वटा दुर्घटनामा ४ जनाको मृत्यु, १६ जना गम्भीर र १४० जना सामान्य घाइते भएका छन्। बर्दियामा ९३ दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५५ जना गम्भीर र ५३ जना सामान्य घाइते भएका छन्।

पश्चिम नवलपरासीमा ५० दुर्घटनामा २ जना गम्भीर र ५७ जना सामान्य घाइते भएका छन्। कपिलवस्तुमा ४४ दुर्घटना हुँदा ३ जनाको मृत्यु, २६ जना गम्भीर र ६३ जना सामान्य घाइते भएका छन्।

त्यस्तै, दाङमा ५० दुर्घटनामा १ जनाको मृत्यु, १९ जना गम्भीर र ३७ जना सामान्य घाइते भएका छन्। पाल्पामा २३ दुर्घटनामा २ जनाको मृत्यु, १ जना गम्भीर र ४० जना सामान्य घाइते भएका छन्। गुल्मीमा १९ दुर्घटनामा ३ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन्।

अर्घाखाँचीमा १० दुर्घटनामा २ जनाको मृत्यु, ४ जना गम्भीर र २८ जना सामान्य घाइते भएका छन्। प्यूठानमा १३ दुर्घटनामा १ जना गम्भीर र १४ जना सामान्य घाइते भएका छन्। रोल्पामा ७ दुर्घटनामा १३ जना सामान्य घाइते भएका छन् भने पूर्वी रुकुममा एक दुर्घटनामा १ जना गम्भीर र १ जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरीले दसैंमा हुने दुर्घटनाको मुख्य कारणहरूमा ओभरस्पीड, मदिरा सेवनपछि सवारी चलाउने, अवरोधपूर्ण सडक, वर्षाका कारण फिस्लिने बाटो, र लामो दूरीका थकाइजन्य कारणलाई देखाएको छ। प्रहरीले सडकमा सतर्कता, सवारी निरीक्षण र गति नियन्त्रणमा जोड दिइरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...