१५ शैयाको गुल्मीको चन्द्रकोट अस्पताल संचालनमा


गुल्मी
गुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल संचालन भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा बनेको अस्पताल बिहीबारबाट संचालनमा आएको हो ।

त्यसपछि गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्थापन गरी अस्पताल संचालनमा ल्याएको हो । गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रबृत्ती करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्ती गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरे लगायत ओपिडी सेवाहरु संचालन हुनेछन् । जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभीमार्फत अस्पताल निर्माणको काम सक्नुभएको थियो । गुल्मीदरबारमा भने यसभन्दा पहिले नै अस्पताल संचालन भइसकेको छ ।

गाउँपालिका उपाध्यक्ष विष्णु भण्डारीले अस्पताल सुरु भएसँगै चन्द्रकोटबासीलाई ठूलो उपचारको लागि बाहिर जानुनपर्ने बताए । साथै बाग्लुङ्गको बरेङ गाउँपालिकाका नागरिकलाई पनि सेवा लिन सजिलो हुने भण्डारीको भनाई छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...