सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो


काठमाडौं
सगरमाथा क्षेत्रबाट विनाशकारी हिमबाभढी आउने जोखिम बढ्दै गएको विज्ञहरुले जनाएका छन् । सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष आएको हिमबाढीको अध्ययनबाट विज्ञहरुले यो निष्कर्ष निकालेका हुन् ।

अध्ययनबाट सोलुखुम्बुको थामे क्षेत्रमा आएको हिम बाढी (ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) ‘जटिल प्रकारको भू-आकृतिको श्रृंखला’मा जलवायु परिवर्तनले गरेको असरका कारण विनाशकारी बनेको निष्कर्ष निकालिएको छ ।
अध्ययनले दुधकोसी नदी बेसिन र सगरमाथा क्षेत्रलाई ‘हिमताल फुट्ने बाढीका लागि अति संवेदनशील क्षेत्र’ भनेर किटान समेत गरेको छ, जहाँ पछिल्ला ५० वर्षभित्र पाँच ठूला हिमताल विष्फोटका कारण विनासकारी बाढीका घटना भइसकेका छन्
तीमध्ये थामेको बाढी पनि एक थियो । यसैगरी गत असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पनि हिमताल फुटेकै कारण आएको विज्ञहरुले पुष्टि गरेका थिए ।

हिमताल फुट्ने बाढी उच्च हिमाली क्षेत्रमा हुने सबैभन्दा विनाशकारी प्राकृतिक जोखिममध्ये एक हो । २०८१ साल साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, थामेमा एक्कासि विनाशकारी बाढी आएको थियो ।
सो बाढीले २५ घर, विद्यालय, स्वास्थ्य चौकी र एउटा लघुजलविद्युत आयोजना नष्ट गरेको थियो । तर, घटना दिउँसोमा भएकाले मानवीय क्षति हुन पाएन ।
थामे सगरमाथा आधार शिविरतर्फ जाने बाटोमा पर्ने पर्यटकीय गाउँ हो । यहाँ बाढीले पुर्‍याएको क्षतिले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान तानेको थियो ।
इसिमोडका अनुसार नेपालमा १९२० को दशकदेखि अहिलेसम्म ९० भन्दा बढी हिमताल फुटेर बाढी आएका घटना दर्ज भएका छन् । सगरमाथा क्षेत्रले मात्रै पछिल्ला ५० वर्षमा पाँच पटक यस्ता ठूलो स्तरका बाढीको सामना गरिसकेको छ । थामे बाढीभन्दा अघि सन् १९८५ को दिगत्शो हिमताल फुट्दा पनि थामे नजिकैको उपत्यकामा नवनिर्मित जलविद्युत आयोजना बगाएको थियो ।
थामे बाढी अध्ययन टोलीका एक सदस्य एवम् इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठका अनुसार, हिन्दुकुश हिमालय क्षेत्र विश्वको औसतभन्दा करिब तीन गुणा छिटो तातिँदै गएको छ । हिमालय क्षेत्र प्रत्येक दशकमा औसत ०.२८ डिग्री सेल्सियसको दरले तातेको छ । र, हिमनदी पग्लिने दर ६५ प्रतिशतले बढेको छ । त्यसका कारण पछिल्ला दुई वर्षमै पनि यस क्षेत्रमा ठूला विनाशकारी घटना भएका छन् ।

इसिमोडमा कार्यरत रिमोट सेन्सिङ विश्लेषक सुदन विकास महर्जन हिन्दुकुश हिमालय क्षेत्रमा २५ हजारभन्दा बढी हिमताल रहेकाले ती कुनै पनि बेला फुटेर विनाशकारी बन्नसक्ने बताउँछन् ।

क्रायोस्फियर विश्लेषक तेन्जिङ छोग्याल शेर्पा जलवायुका चरम घटनाहरू बढ्दै जाँदा थामे लगायतको हिमबाढीले संकटको चेतावनी दिएको बताउँछन् । त्यसैले शेर्पा भन्छन्, ‘वैज्ञानिक बुझाइ बलियो पार्ने, तयारीमा लगानी बढाउने र जोखिम क्षेत्रमा रहेकालाई सघाउने समय आएको छ ।’

इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठ पनि दुई कुरा तत्काल गर्नुपर्नेमा जोड दिन्छन् । पहिलो, रियल टाइम जानकारी दिने हाइड्रोलोजिकल र मौसम निगरानी केन्द्र बढाउने र दोस्रो, नदी किनारको सुरक्षाका लागि इन्जिनियरिङ उपाय अपनाउने ।

अध्ययनकर्ताले तुरुन्त कार्यान्वयन गर्न सकिने केही उपाय पनि सुझाएका छन् । उनीहरुका अनुसार चिरा परेका ठाउँमा पानी पस्न नदिने उपायहरु अपनाउने, दीर्घकालीन बाढी जोखिम व्यवस्थापन योजना तयार गर्ने र उच्चहिमाली क्षेत्रहरूको निगरानी प्रणालीलाई सुदृढ गर्ने तत्काल गर्न सकिने काम हुन् ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...