मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला


बुटवल
पाठक मञ्च बुटवल र आगोका फूलहरूको संयुक्त आयोजनामा काठमाडौँ र बुटवल कति टाढा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले काठमाडौँ हरेक हिसाबले अगाडि हुनु र बुटवल तुलनात्मक रुपमा पछाडि हुनुको कारण मानवीय संसाधन र भौतिक स्तर वृद्धि रहेको निष्कर्ष निकालेका छन्।

आइतबार रूपन्देहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले काठमाडौँ हरेक हिसाबले अगाडि रहेको र शिक्षा ,सञ्चार जस्ता क्षेत्रमा बुटवल केही मात्रामा अगाडि रहे पनि त्यसलाई गहन रुपमा लिन नसकेको बताएका छन्।

कार्यक्रममा बोल्दै बुटबल टुडे पत्रिकाका सम्पादक कृष्ण मल्लले आफूले २०४७ पछि बुटवललाई अवलोकन गरिरहेको तत्कालीन अवस्था र अहिले शहर विस्तार ,भौतिक निर्माण ,शिक्षा ,सञ्चार लगायतका क्षेत्रमा विकास रहेको तथापि देशको राजधानीमा समग्र देशको महत्त्व हुने र बुटवलमा स्थापित निजी शिक्षालयहरू बढी नाफामुखी हुँदा शिक्षाको स्तर खस्केको र सञ्चार क्षेत्रमा पनि नेपालकै मोफसलको राजधानी मान्यता पनि काठमाडौँले राजधानी बाहिरका सञ्चारमाध्यम सम्झने र यहाँका विज्ञापन दाताहरू पनि काठमाडौँका सञ्चार माध्यमलाई महत्व दिने गरेकाले सञ्चार माध्यम खस्किँदै गएको धारणा राखे।

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका प्रशासन प्रमुख तथा पत्रकार रामचन्द्र श्रेष्ठले जसरी चीनले आफ्नै सम्भावनालाई अध्ययन गरी विकास गर्यो। त्यसैगरी बुटवलले आफ्नै सम्भावनाहरूलाई अध्ययन गरी अगाडि बढेमा विकास गर्न सकिने धारणा राखे।
क्यानन बोर्डिङ स्कुल बुटबलका प्राचार्य शंकर भण्डारीले २०७० पछाडि बुटवल विकासको जुन गतिमा जानुपर्ने त्यो गतिमा जान नसकेको बताए। भण्डारीले जसका कारण अवसर ,दक्ष जनशक्ति र बुटवल बासीको मानसिकता पनि राजधानी बाहिरको सहर बन्ने धारणा विकसित भएकोले पनि पछाडि रहेको धारणा राखे।

जागरण मिडिया ग्रुप बुटबलका प्रमुख पत्रकार विनोद परियारले काठमाडौँले राजधानी बाहिरको बुटवल भन्ने मानसिकतालाई हटाउन बुटवलले हरेक क्षेत्रमा अग्रसर रहेर अगाडि आउनुपर्ने धारणा राखे। उनले सञ्चार क्षेत्रमा पनि नेपालकै निजी स्तरको पहिलो पत्रिका दैनिक लुम्बिनी, पहिलो सामुदायिक रेडियो रेडियो लुम्बिनी सञ्चालित रहेको र यो गरिमालाई बुटवल वा रूपन्देहीले कायम राख्न जागरुक हुन आवश्यक रहेको बताए।
सञ्चार पत्रका प्रबन्ध सम्पादक पत्रकार श्रीराम ज्ञवालीले दुई सहरको आआफ्नै विशेषता रहेकोले काठमाडौँ जसरी आफ्नै सम्भावनाहरूबाट अगाडि बढेको छ त्यसैगरी बुटवललाई पनि यहाँका सम्भावनाहरुलाई अध्ययन गरी मानवीय र भौतिक विकास गरी अगाडि बढ्न सकिने धारणा राखे।

व्यवसायी विशाल श्रेष्ठले बुटबललाई यहाँका सरोकारवालाले नै ब्रान्डिङ गर्न आवश्यक रहेको र हरेक विधाका नकारात्मक पक्षहरूलाई हटाउँदै सकारात्मक पक्षहरूलाई बढवा दिनुपर्ने धारणा राखे।
कार्यक्रमको सहजीकरण गर्दै आगोका फूलहरूका संयोजक सविन ज्ञवालीले बुटवलको विकासलाई आवश्यक आधारको पहिचान गरेर पहिचानका आधारमा समाधान निकाल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।

कार्यक्रममा विज्ञ दलबहादुर गुरुङ ,पत्रकार रमेश पाण्डे, पाठक मञ्का अध्यक्ष कृष्ण गाउँले ,साहित्यकार सरिता श्रीष, अधिवक्ताहरु किरण ज्ञवाली, आकांक्षा भण्डारी ,अस्मिता पुरी, सन्जुला रणपाल ,शिक्षकहरू सुरेश सापकोटा र पुरन खड्का,व्यवसायीहरू अनिल थापा र बीरवल शर्मा लगायतले बोल्दै बुटवललाई बुटवलकै सम्भावना अध्ययन गरी मानसिकतामा पनि अब्बल रहेर काठमाडौँबाट सिक्न सकिने विषयहरू सिकेर अगाडि बढेमा बुटबलको समृद्धि सम्भव रहेको धारणा राखेका थिए।

सहसंयोजक विशाल बेलबासेले कार्यक्रमको सहजीकरण गरेका थिए।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...