विविध

रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौंयुरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।उक्त हमलाले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुर्याएको छ ।युक्रेनी अधिकारीहरूका अनुसार सो बमबारीमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । एउटा पाँचतले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको छ । ईयू मिसन तथा नजिकैको ब्रिटिस काउन्सिलमा क्षति पुगेको छ । कडा शब्दको वक्तव्यमा भोन डेर लेयनले दुईवटा क्षेप्यास्त्र प्रतिनिधिमण्डलको कार्यालयबाट ५० मिटरको दुरीमा प्रहार गरिएका थिए । रूसले लगभग ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाल...
भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचनद्र गौतमले बताए । यसरी स्नान गरेपछि अरुन्धत...
आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालभरि नारीहरूको महान् पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक अहिले देशभरि छाएको छ। भाद्र महिनाको कृष्ण पक्षको तृतीयामा पर्ने यो पर्व विशेष गरी हिन्दु नारीहरूले शिव–पार्वतीको पूजा आराधना गर्दै मनाउँछन्। तर, तीजको अघिल्लो दिन अर्थात् दर खाने दिनलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। दर खाने दिन धार्मिक आस्थासँगै सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ। तीज भनेको मात्र रातो सारी, हरियो चुरा र नाच–गान मात्रै होइन, यससँगै जोडिएको गहिरो धार्मिक आस्था र सांस्कृतिक परम्पराले यसलाई अझ विशिष्ट बनाएको छ। तीज अघिल्लो दिन अर्थात् दर खाने दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।दर खाने दिनलाई व्रतको तयारीको दिनका रूपमा लिइन्छ। संस्कृतको ‘दार’ शब्दबाट आएको “दर”को अर्थ शक्ति वा ऊर्जा हुन्छ। तीजको दिन महिलाले निर्जला उपवास बस्छन् । उनीहरू पानीसम्म नखाई शिव–प...
पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार तिलोत्तमा योगीकुटीमा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकता, पत्रकारका संगै समाजका दुःख -सुख गीत मार्फत प्रस्तुत गर्दै नाचगान संगै दर खाने कार्यक्रम सम्पन्न भएको हाे। नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,वरिष्ठ पत्रकारहरु गुरुदत्त ज्ञवाली ,शम्भुप्रसाद शर्मा, बालकृष्ण चापागाईं ,अर्जुन ज्ञवाली , हरिश ढकाल, सिमानन्द भट्टराई ,कुलमणि ज्ञवाली ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा ,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष द्वय रामप्रसाद आचार्य र मिना ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य ,संञ्चारिका स...
गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मीको साविक बलेटकसार गाउँ विकास समिति हाल रुरु क्षेत्र ४ बाट विभिन्न पेशा ,व्यवसाय र बसाईसरी रुपन्देही बसोबास गर्ने बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार तिलोत्तमा वनबाटिकामा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकतासँगै सन्देशमूलक गीतहरुबाट नाचगान भएको थियो।समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथि तथा पूर्व महिला उपाध्यक्ष विन्दु गौतमले मौलिकता, पिर,व्यथा सँगै नाचगान मार्फत पिर,व्यथा साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्व तीजले सबै आमा ,दिदीबहिनी ,दाजुभाईको सम्बन्ध थप मजबुत हुने बताउँदै सबैको श्रीवृद्धिको कामना गरिन्। अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले ९५ वर्षिय आमा नर्मदा ज्ञवाली र ८६ वर्षीय बुबा नेत्रनाथ ज्ञवालीलाई अतिथिको रुपमा पाउँदा उहाँहरूको शुभआष...
विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान

विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरूपन्देही विद्युतीय व्यवसायी संघले संघको १७औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार रक्तसंचार केन्द्र बुटवल परिसरमा सम्पन्न कार्यक्रममा ३४ जना विद्युतीय व्यवसायीले रक्तदान गरेका छन्।संस्थाका अध्यक्ष शान्ताराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तथा केन्द्रीय काेषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले संस्थालाई व्यवसायका हकहित र सशक्त बनाउँदै १७ वर्ष पुरा भएको र थप सशक्त बनाउन पूर्व अध्यक्षको तर्फबाट तथा केन्द्रको तर्फबाट सक्दो साथ रहने विश्वास व्यक्त गरे। संस्थालाई सशक्त बनाउन सबै व्यवसायी लाग्नुपर्ने बताउंदै संस्थाले सबैको साथले आफ्नो सचिवालय स्थापना गर्न सफल भएको स्मरण गराए । रक्तसंचार केन्द्रका केन्द्रीय अध्यक्ष दया सिलवालले संस्थाको स्थापना दिवसमा संस्थाले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा सम्पूर्ण विद्युतीय व्यवसायी...
धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
६ भदौ, काठमाडौं । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर विदेशी हिँड्ने गरेको विवरण विभागका अधिकारीहरुसम्म पुगेको थियो । ‘विभिन्न प्रकारका भिसामा नेपाल आएका विदेशी त्यसअनुसारका गतिविधि गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्ने जिम्मेवारी हाम्रै हो,’ अध्यागमन महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘त्यसैले सूचना प्राप्त हुनासाथ सुक्ष्म अनुगमनका लागि टोली खटाएका थियौं ।’ प्रारम्भिक जाँचमा प्राप्त सूचना अनुसार होस्टलमा किशोरकिशोरीलाई राखेर इस्लाम धर्म प्रचार भइरहेको देखिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोली बुधबार शंकास्पद गतिविधि भएको भनिएको स्थानमा पुग्यो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले समेत यो ...
पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२ भदौ, गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । ...
गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा शनिवार तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । "बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति" भन्ने मूल नाराका साथमा बि. सं. २०६० सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्य एवम् नेपाल बैंक लि. बुटवलका शाखा प्रबन्धक प्रतीज्ञा सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्याल र स्वागत कार्यक्रम संयोजक कविता अर्यालले गर्नु भएको थियो । गायक रितु थापा, सपना गाहा तथा सम्झना रणपालका बेजोड तीज गित तथा नृत्य प्रस्...
शैक्षिक परामर्श केन्द्रहरूमा ठगीको गुनासो : प्रशासनद्वारा ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

शैक्षिक परामर्श केन्द्रहरूमा ठगीको गुनासो : प्रशासनद्वारा ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल, १ भाद्र । रुपन्देहीमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू कानुनी दायराभन्दा बाहिर रहेर सञ्चालन भएको र सेवा प्रदान गर्दा सेवाग्राहीहरुलाई ठग्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लामा सञ्चालन भइरहेका ती केन्द्रहरुलाई सञ्चालन अनुमति कागजात पेस गर्न सात दिनको समय दिँदै निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालयले कतिपय परामर्श तथा प्रशिक्षण केन्द्रहरु गैरकानूनी ढंगले सञ्चालन भइरहेको र उनीहरुले सेवाग्राहीबाट अनुचित रकम लिने गरेको उजुरी र गुनासो आएपछि उक्त निर्देशन गरेको जनाएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरु कानुनी दायरामा नआएको र राज्यलाई राजश्व पनि नतिरेको भन्ने देखिएको तथा सेवाग्राहीहरुसँंग तोकिएको भन्दा बढी शुल्क लिने गरेको गुनासो धेरै आएपछि उ...