
रूपन्देही
नेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार तिलोत्तमा योगीकुटीमा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकता, पत्रकारका संगै समाजका दुःख -सुख गीत मार्फत प्रस्तुत गर्दै नाचगान संगै दर खाने कार्यक्रम सम्पन्न भएको हाे।

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,वरिष्ठ पत्रकारहरु गुरुदत्त ज्ञवाली ,शम्भुप्रसाद शर्मा, बालकृष्ण चापागाईं ,अर्जुन ज्ञवाली , हरिश ढकाल, सिमानन्द भट्टराई ,कुलमणि ज्ञवाली ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा ,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष द्वय रामप्रसाद आचार्य र मिना ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य ,संञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, प्रेस चौतारीका केन्द्रीय सदस्य अमृत गिरी र लक्ष्मण पौडेल, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल ,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल ,प्रेस सेन्टरका अनुशासन विभाग प्रमुख गुनाराम घिमिरे, प्रेस चौतारी रूपन्देहीका अध्यक्ष भगवती पाण्डे, प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवाली , प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोख्रेल ,समाजवादी प्रेस संगठनका अध्यक्ष बिनोद परियार ,प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष वीरेन्द्र कुँवर लगायतको आतिथ्यतामा महिला पत्रकारहरूलाई शिरफुल लगाई कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले तीज पर्वमा पुरुष पत्रकारले महिला पत्रकारहरुलाई तीज मिलन कार्यक्रम आयोजना गरी दर खुवाउने र जमगट हुने हिसाबले आयोजना गरेको बताए।
अध्यक्ष पाण्डेले तीज पर्वले पत्रकारहरुका बीचमा आपसी भातृत्व, एकता कायम गर्ने विश्वास व्यक्त गरे ।वरिष्ठ पत्रकारहरुकाे आतिथ्यताले आफूहरुलाई थप हौसला मिलेको धारणा राखे।
महिला तथा समावेशी विभागका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका महिला उपाध्यक्ष अस्मिना पाण्डेले तीज पर्वलाई संस्कृति ,मौलिकता ,मनोरञ्जन र दुःखसुख साटासाट गर्ने र आपसी सद्भाव बलियो बनाउने पर्व भएकाले कार्यक्रमकाे उद्देश्य पूरा हुनेमा विश्वस्त रहेको धारणा राखिन्।
उनले मौलिक तीज गीत गाएर नाचेर कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएकी थिइन् ।
कार्यक्रमको सञ्चालन सचिव सीपी खनालले गरेका थिए।