आज तिजको दर खाने दिन, यस्तो छ मान्यता


काठमाडौँ

नेपालभरि नारीहरूको महान् पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक अहिले देशभरि छाएको छ। भाद्र महिनाको कृष्ण पक्षको तृतीयामा पर्ने यो पर्व विशेष गरी हिन्दु नारीहरूले शिव–पार्वतीको पूजा आराधना गर्दै मनाउँछन्। तर, तीजको अघिल्लो दिन अर्थात् दर खाने दिनलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। दर खाने दिन धार्मिक आस्थासँगै सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ।

तीज भनेको मात्र रातो सारी, हरियो चुरा र नाच–गान मात्रै होइन, यससँगै जोडिएको गहिरो धार्मिक आस्था र सांस्कृतिक परम्पराले यसलाई अझ विशिष्ट बनाएको छ। तीज अघिल्लो दिन अर्थात् दर खाने दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।

दर खाने दिनलाई व्रतको तयारीको दिनका रूपमा लिइन्छ। संस्कृतको ‘दार’ शब्दबाट आएको “दर”को अर्थ शक्ति वा ऊर्जा हुन्छ। तीजको दिन महिलाले निर्जला उपवास बस्छन् । उनीहरू पानीसम्म नखाई शिव–पार्वतीको पूजा–आराधना गर्छन्। यसरी कठोर व्रत बस्नुपर्ने भएकाले आज अघिल्लो दिन पौष्टिक भोजन का रूपमा दर खाने चलन परम्परागत रूपमा कायम छ।

यस दिन परिवार, दिदी–बहिनी, एकै ठाउँमा भेला भई ध्यूमा पकाएको भात (खाजा)  दूध–दही, माछा–मासु, खिर, पुरी, सेल–रोटी, मिठाई, अचारजस्ता परिकारहरू खाइन्छ। यो पर्व केवल खाने–पिउने मात्र होइन, गीत–सङ्गीत, रमाइलो र अनुभव बाँड्ने अवसर पनि यस दिनसँग जोडिएको छ । महिला दिदी बहिनीहरूले रातभर जाग्राम बसेर तीज गीत गाउने परम्पराले यस दिनलाई अझै उत्साहपूर्ण बनाउँछ।

धार्मिक ग्रन्थ र जनश्रुति अनुसार, पार्वतीले भगवान् शिवलाई वर पाउन कठोर तपस्या गर्दा व्रत बस्नु अघि शक्ति दिने भोजन ग्रहण गरेकी थिइन्। त्यसैको स्मरणमा महिलाहरूले तीज अघिल्लो दिन दर खाने गरेको जन विश्वास गरिन्छ। विद्वान्हरूको भनाइमा, व्रत सुरु गर्नु अघि शरीरलाई सुदृढ र ऊर्जावान् बनाउन आवश्यक भएकाले दर खाने दिनलाई शक्ति सञ्चयको दिन स्रोत मानिन्छ।

सामाजिक दृष्टिले पनि दर खाने दिन नारी एकता र सौहार्दको प्रतीक हो। दिदी–बहिनी, छोरी–नातिनी, साथी र छरछिमेक जम्मा भएर दर बाँड्ने परम्पराले आपसी सम्बन्ध मजबुत बनाउँछ। यसरी भेटघाट र अनुभव साटासाट गर्ने संस्कृतिले समुदायभित्र आत्मीयता र सहकार्यलाई अझै प्रगाढ बनाउने गरेको छ।

समाज शास्त्रीहरू “दर खाने दिन महिलाका लागि मात्र होइन, समग्र समाजलाई एकजुट बनाउने एउटा महत्त्वपूर्ण अवसर समेत रहेको बत्ताउँछन् । धार्मिक आस्थासँगै सामुदायिक ऐक्यबद्धता  पनि यस दिनको मूल सन्देश हो।”

तीज व्रत बस्दा महिलाले आफ्नो जीवनसाथीको दीर्घायु, परिवारको सुख–शान्ति र समृद्धिको कामना गर्छन्। दर खाने दिनलाई त्यस व्रतको पूर्व तयारीका रूपमा देखिन्छ। अघिल्लो दिन खाएको पौष्टिक खाना, रमाइलो र भेटघाटले महिलामा मानसिक शान्ति र आत्मबल पैदा गर्छ।
धार्मिक आस्थासँगै परिवार र समुदायलाई जोड्ने संस्कृतिले नै दर खाने दिनलाई अझ विशेष बनाएको छ।

दरसँगै सुरु हुँदै चार दिने तीज

सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्म शास्त्रीय मत रहेको छ ।

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेको छ ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...