गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन


रूपन्देही
गुल्मीको साविक बलेटकसार गाउँ विकास समिति हाल रुरु क्षेत्र ४ बाट विभिन्न पेशा ,व्यवसाय र बसाईसरी रुपन्देही बसोबास गर्ने बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार तिलोत्तमा वनबाटिकामा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकतासँगै सन्देशमूलक गीतहरुबाट नाचगान भएको थियो।
समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथि तथा पूर्व महिला उपाध्यक्ष विन्दु गौतमले मौलिकता, पिर,व्यथा सँगै नाचगान मार्फत पिर,व्यथा साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्व तीजले सबै आमा ,दिदीबहिनी ,दाजुभाईको सम्बन्ध थप मजबुत हुने बताउँदै सबैको श्रीवृद्धिको कामना गरिन्।

अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले ९५ वर्षिय आमा नर्मदा ज्ञवाली र ८६ वर्षीय बुबा नेत्रनाथ ज्ञवालीलाई अतिथिको रुपमा पाउँदा उहाँहरूको शुभआषिषले सबैलाई थप उत्साहित बनाएको बताएका थिए।

अध्यक्ष ज्ञवालीले आफू निर्वाचित भएपछिको पहिलो कार्यक्रम भएको र तीज मिलनले सबैका पिर ,व्यथा कम गरी थप उत्साह, खुसी ,शान्ति छाओस् भन्ने धारणा राख्दै आफ्नो कार्यकाललाई थप सशक्त बनाउन सबैको साथ सहयोग आवश्यक भएको र यसले संस्थालाई सशक्त बनाउने विश्वास व्यक्त गरे।

समाजका संस्थापक अध्यक्ष नारायण ज्ञवालीले संस्थालाई सशक्त बनाउन सबै जागरुक हुनुपर्ने र जसले जुन ठाउँबाट जसरी सहयोग गर्न सकिन्छ सोही अनुसार साथ सहयोग गर्नुपर्ने धारणा राखे ।

समाजका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद ज्ञवालीले हराउँदै गएको संस्कृतिको जगेर्नासँगै आमा दिदीबहिनी तथा दाजुभाईको सम्बन्ध पुनर्ताजगी सँगै नाचगानबाट मनोरञ्जन लिने विश्वास रहेको धारणा राखे।
कार्यक्रममा सल्लाहकार, विभिन्न उपसमिति तथा मनोनित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
नाचद्वारा उद्घाटन गरिएको उत्साहपूर्ण कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार हेम थापा ,निवर्तमान अध्यक्ष कपिल ज्ञवाली, सल्लाहकार लक्ष्मण ज्ञवाली, महिला उपाध्यक्ष लक्ष्मी ज्ञवाली ,पूर्व सल्लाहकार पुष्करनाथ पन्थ लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव वरुण ज्ञवालीले गरेका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...