गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न


बुटवल

गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा शनिवार तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

“बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति” भन्ने मूल नाराका साथमा बि. सं. २०६० सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्य एवम् नेपाल बैंक लि. बुटवलका शाखा प्रबन्धक प्रतीज्ञा सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्याल र स्वागत कार्यक्रम संयोजक कविता अर्यालले गर्नु भएको थियो ।

गायक रितु थापा, सपना गाहा तथा सम्झना रणपालका बेजोड तीज गित तथा नृत्य प्रस्तुत थिए भने दिदीबहिनीहरुले एकातर्फ पुराना संस्कृति झल्किने सांस्कृतिक तथा समग्र देशका वर्तमान अवस्था झल्काउने गित प्रस्तुत गरी दर्शकलाई भर्पुर मनोरञ्जन प्रदान गर्नुभयो ।
कार्यक्रममा झन्डै एक हजार जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यममा उपस्थित सम्पूर्ण अध्यक्ष डा. पन्थले धन्यवाद, आभार तथा कृतज्ञता ज्ञापन गर्नु भयो ।संस्थापक अध्यक्ष इ. हिराबहादुर भलामी, वडा नम्बर ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीज्यू धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे , सल्लाहकार यज्ञश्वर मरासिनी , लोकनाथ उपाध्याय, टिकाराम न्यौपाने , भैरहवा शाखा अध्यक्ष केशवराज ज्ञवाली , प्रा. डा. बुद्ध बहादुर थापा, टिकाराम घिमिरे , जेपि कडेल प्राध्यापक डा. प्रेमप्रसाद तिवारी , हरि अर्याल तथा हरि ज्ञवाली लगायत पत्रकारहरु, सामाजिक व्यक्तित्वहरु , समाजका सदस्यहरुलगायत १ हजार बढिको उपस्थिती रहेको समाजका प्रथम उपाध्यक्ष हेम थापाले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...