रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति


काठमाडौं
युरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।
उक्त हमलाले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुर्याएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार सो बमबारीमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।

एउटा पाँचतले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको छ । ईयू मिसन तथा नजिकैको ब्रिटिस काउन्सिलमा क्षति पुगेको छ ।

कडा शब्दको वक्तव्यमा भोन डेर लेयनले दुईवटा क्षेप्यास्त्र प्रतिनिधिमण्डलको कार्यालयबाट ५० मिटरको दुरीमा प्रहार गरिएका थिए ।

रूसले लगभग ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले बताएको छ । यो जुन महिनायताकै राजधानीमा भएको सबैभन्दा ठूलो हमला हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई कडा जवाफ दिने बताएका छन् । “मस्कोले वार्ताको टेबलको सट्टा ब्यालिस्टिक्स रोजेको छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने । उनले रूसमाथि नयाँ र कडा प्रतिबन्धहरूको आवश्यकतालाई पुनः दोर्‍याएका छन् ।

किभका मेयरले एक दिनको शोक घोषणा गरेका छन् भने युरोपेली संघबाट पनि रूसको निन्दा गरिएको छ ।

बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्तिको आशामाथि तुषारापात गरेको आरोप लगाएका छन् । ईयूकी विदेश नीति प्रमुख काजा कालासले यो हमलाले योजनाबद्धरूपमा तनाव बढाउने र शान्ति प्रयासहरूको खिल्ली उडाउने मनसाय देखाएको बताइन् । कालासले रूसले शान्ति प्रयासहरूलाई भद्दा मजाक बनाइरहेको बताएकी छन् ।

बेलायतको विदेश मन्त्रालयले कीभमा रातभर भएको ठूलो हमलापछि रूसका राजदूतलाई स्पष्टीकरणका लागि बोलाउने बताएको छ । बेलायतका विदेश मन्त्रीले यसको पुष्टि गरेका छन् ।

मारिनेहरूमध्ये धेरैजसो किभको दक्षिणपूर्वी दार्नित्स्की जिल्लाको बायाँ किनारामा रहेको एउटा पाँचतले आवासीय भवनका थिए । एउटा क्षेप्यास्त्रले बिहान करिब ३ बजे सो फ्ल्याटहरूको ब्लकलाई ध्वस्त पारेको थियो ।

रातभरि भएका यी हमलाहरू युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा भएका कूटनीतिक प्रयासहरूपछि भएका हुन् । यसले ईयूका साथै बेलायतलाई पनि क्रोधित बनाएको छ ।

युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले रूसको घृणित हमला आवासीय क्षेत्रमा भएकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको शान्तिलाई खतरामा पारेको बताए ।

जर्मन चान्सलर फ्रिड्रिक मेर्जले रूसले फेरि आफ्नो वास्तविक अनुहार देखाएको बताए । ईयू प्रतिनिधिमण्डलमाथिको हमलाले क्रेमलिनको बढ्दो धृष्टतालाई संकेत गरेको उनको भनाइ छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनको ताजा अपडेट दिँदै रुसी सेनाहरूले सुमी, डोनेट्स्क, जापोरिज्जिया, निप्रोपेट्रोभ्स्क, खेर्सोन र खार्किभ क्षेत्रहरूमा सैन्य आधारहरूमा हमला गरेका बताएको छ । तर, किभको नाम उल्लेख गरिएको छैन ।

श्राेत: बिबिसी

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...