विविध

वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ । भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो । यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।  ...
शेयर बजार २ हजार ५ सय ४० विन्दुमा झर्‍याे

शेयर बजार २ हजार ५ सय ४० विन्दुमा झर्‍याे

Breaking news 2, विविध, समाचार, स्थानीय
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १५ अङ्कले घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा झरेको छ । आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६८ वटा कम्पनीको शेयर घटेकोमा ७५ वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेप्से घटेको दिन सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीका ७९ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको छ । ...
कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह

कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिनुभएको छ । नेपालले सीमामा नेपालीमाथि हुने दु...
आज विश्व निमोनिया दिवस मनाइँदै

आज विश्व निमोनिया दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल सहित संसारका विभिन्न देशमा आज विश्व निमोनिया दिवस मनाइँदै छ। निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिन निमोनिया दिवस मनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ।बालबालिका बचाऔं, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौं’ भन्ने नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने मन्त्रालयले जनाएको छ। निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो। सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गरा...
गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी

गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
सुर्य सुनार,कार्तिक २५, गुल्मी नेकपा (एमाले) गुल्मीले संविधानको रक्षा र प्रतिगमनको विरोधमा जिल्लाभर जनप्रदर्शन गरेको छ। जिल्लाका सबै १२ वटा स्थानीय तहमा एकसाथ जनप्रदर्शन गरिएको पार्टीले जनाएको छ ।कार्यक्रममा केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति आपत्ति जनाएका थिए। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले शुशिला कार्की नेतृत्वको सरकार संविधान विपरीत बनेको दाबी गर्नुभयो।उहाँका अनुसार संविधानले तोकेको प्रक्रिया र राजनीतिक सहमतिको मर्म विपरीत वर्तमान सरकार गठन भएकाले एमालेले त्यसको विरोधमा देशव्यापी अभियान थालेको पन्थीले बताउनुभयो ।त्यस्तै धुर्कोट गाउँपालिकामा केन्द्रिय सदस्य दिनेश पन्थी, छत्रकोटमा केन्द्रिय सदस्य जंग नेपाली, मदानेमा केन्द्रिय सदस्य गणेश खनाल, रुरुक्षेत्रमा केन्द्रिय सल्लाकार परिषद् सदस्य कमलराज श्...
बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल

बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँडा. नवराज लम्साल कवि, गीतकार तथा रेडियोकर्मी हुन् । उनी महाकाव्यकार हुन् र महाकाव्यमै उनले नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार जितेका छन् । सो पुरस्कार महाकाव्य अग्निले २०७८ मा जितेको हो । उनी रेडियो नेपालका पूर्वनिर्देशक तथा बीबीसीका पूर्व संवाददाता पनि हुन् । कविको प्रभाव सञ्चारमा र सञ्चारको प्रभाव लेखनमा देखिन्छ । सञ्चारमा काव्यिक महक र काव्यमा सूचनाको समायोजन । उनी बीच धारमा छन् । बीचमा छन् र फरक छन्, अलग छन् । बाल्यकाल र अध्ययन नवराज लम्साल २०२६ साल साउन ८ गते बुधबार धादिङको ज्यामरुङमा जन्मिएका हुन् । गाउँकै तत्कालीन शंखादेवी निमाविबाट उनले प्रारम्भिक पढाइ शुरु गरे । घरमै पिताजीबाट रामायण महाभारतका श्लोकहरू सुन्दै हुर्केका लम्साललाई तिनै रचनाहरूले कवितातिर आकर्षित गर्यो । त्यतिखेरैदेखि उनले कविताकविताका हरफहरूमा आफूलाई खोज्न थालिसकेका थिए । प्रारम्भिक शिक्षा ...
क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही`रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाईटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक हुनुभएको थियो ।६१ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इन्जार्च सरिता अर्यालले जानकारी दिनुभएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्त संचार केन्द्रबाट निरन्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र माग अनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल...
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँविश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित न...
शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरणको गर्ने घोषणा गरेको हो । अब उक्त लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्। ...
साढे ३ अर्बमा खुल्यो बुटवलमा पाँचतारे हायात प्यालेस

साढे ३ अर्बमा खुल्यो बुटवलमा पाँचतारे हायात प्यालेस

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देहीको बुटवलमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अंगाडी बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन तथा सञ्चालनको लागि हायातसँग सम्झौता गरेको हो। होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ। लगानीकर्ताहरूको यो टिमले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा सञ्चालन गरिरहेका छन्। प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले २५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी...