कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह


काठमाण्डौ – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ ।

फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिनुभएको छ । नेपालले सीमामा नेपालीमाथि हुने दुर्व्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।

भोलिसम्म चल्ने बैठकमा यसअघिका बैठकका समीक्षा र आगामी रणनीतिसहित विभिन्न विषयमा छलफल हुनेछ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...