क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न


रुपन्देही
`रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाईटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक हुनुभएको थियो ।
६१ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इन्जार्च सरिता अर्यालले जानकारी दिनुभएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्त संचार केन्द्रबाट निरन्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र माग अनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, अस्पताल निर्देशक डा.शेखर प्रसाद पोखरेल, प्रशासन शाखा प्रमुख कुलमणि ज्ञवाली, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, मेट्रोन निरा अधिकारी, कार्यक्रम संयोजक सरिता अर्याललगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...