
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १५ अङ्कले घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा झरेको छ ।
आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६८ वटा कम्पनीको शेयर घटेकोमा ७५ वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेप्से घटेको दिन सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीका ७९ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको छ ।