वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने


काठमाण्डौ – नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ ।

अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ । भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो ।

यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । 

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...