गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी


सुर्य सुनार,कार्तिक २५, गुल्मी
नेकपा (एमाले) गुल्मीले संविधानको रक्षा र प्रतिगमनको विरोधमा जिल्लाभर जनप्रदर्शन गरेको छ। जिल्लाका सबै १२ वटा स्थानीय तहमा एकसाथ जनप्रदर्शन गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति आपत्ति जनाएका थिए। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले शुशिला कार्की नेतृत्वको सरकार संविधान विपरीत बनेको दाबी गर्नुभयो।
उहाँका अनुसार संविधानले तोकेको प्रक्रिया र राजनीतिक सहमतिको मर्म विपरीत वर्तमान सरकार गठन भएकाले एमालेले त्यसको विरोधमा देशव्यापी अभियान थालेको पन्थीले बताउनुभयो ।
त्यस्तै धुर्कोट गाउँपालिकामा केन्द्रिय सदस्य दिनेश पन्थी, छत्रकोटमा केन्द्रिय सदस्य जंग नेपाली, मदानेमा केन्द्रिय सदस्य गणेश खनाल, रुरुक्षेत्रमा केन्द्रिय सल्लाकार परिषद् सदस्य कमलराज श्रेष्ठ, लुम्बिनी प्रदेश कमिटी सदस्य लोकनाथ भण्डारी, गुल्मीदरबारमा नर्मदा भण्डारी, गुल्मी जिल्ला सचिब धर्म विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
मुसिकोट नगरपालिकामा लुम्बिनी प्रदेश कमिटी सदस्य कमला शर्मा, जिल्ला उपसचिब चक्रबन्धु भुसाल, सत्यवतीमा नेता ठगप्रसाद ज्ञवाली, लुम्बिनी प्रदेश कमिटी सदस्य टिकाराम पाण्डे, इस्मा गाउँपालिकामा लुम्बिनी प्रदेश कमिटी सदस्य ललिता गौतम, एमाले गुल्मी जिल्ला उपाध्यक्ष तथा मुसिकोट नगरपालिकामा नगरप्रमुख जीवलाल खरेल जीवन ,चन्द्रकोटमा लुम्बिनी प्रदेश कमिटी सदस्य चेतन बस्नेत, राधिका अर्याल, कालिगण्डकीमा लुम्बिनी प्रदेश कमिटी सदस्य चन्द्र पराजुली र निर्वाचन १ (क) संयोजक रामजी ढकाल लगायतका नेताले कार्यक्रमलाई विशेष सम्बोधन गर्नुभएको थियो ।
आजको कार्यक्रममा जनस्तरबाट नागरिकको समेत उपस्थित रहेको थियो । संविधानको रक्षाको निम्ती गुल्मीमा गरिएको प्रर्दशनमा उल्लेखिय उपस्थित रहेको पार्टीले जनाएको छ ।
पार्टीले जनप्रदर्शनका माध्यमबाट संविधानको संरक्षण र लोकतान्त्रिक प्रणालीको मजबूतीका लागि जनमत तयार पार्ने उद्देश्य राखेको नेकपा एमाले जिल्ला सचिब धर्म विश्वकर्माले बताउनुभयो ।
त्यस्तै कार्तिक २९ गते रेसुङ्गा नगरपालिकामा जिल्ला जन जागरण तथा जनप्रर्दशन सभा हुने भएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...