बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल


काठमाडौँ
डा. नवराज लम्साल कवि, गीतकार तथा रेडियोकर्मी हुन् । उनी महाकाव्यकार हुन् र महाकाव्यमै उनले नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार जितेका छन् । सो पुरस्कार महाकाव्य अग्निले २०७८ मा जितेको हो । उनी रेडियो नेपालका पूर्वनिर्देशक तथा बीबीसीका पूर्व संवाददाता पनि हुन् । कविको प्रभाव सञ्चारमा र सञ्चारको प्रभाव लेखनमा देखिन्छ । सञ्चारमा काव्यिक महक र काव्यमा सूचनाको समायोजन । उनी बीच धारमा छन् । बीचमा छन् र फरक छन्, अलग छन् ।

बाल्यकाल र अध्ययन

नवराज लम्साल २०२६ साल साउन ८ गते बुधबार धादिङको ज्यामरुङमा जन्मिएका हुन् । गाउँकै तत्कालीन शंखादेवी निमाविबाट उनले प्रारम्भिक पढाइ शुरु गरे । घरमै पिताजीबाट रामायण महाभारतका श्लोकहरू सुन्दै हुर्केका लम्साललाई तिनै रचनाहरूले कवितातिर आकर्षित गर्यो । त्यतिखेरैदेखि उनले कविताकविताका हरफहरूमा आफूलाई खोज्न थालिसकेका थिए । प्रारम्भिक शिक्षा सकिएपछि थप पढाइका लागि गाउँमा स्कुल थिएन । मावि पढ्नका लागि उनी २०४० सालमा काठमाडौँ आए ।

संस्कृत मावि रानीपोखरीबाट २०४३ मा एसएलसी सकेका उनले अलग अलग दुई विश्वविद्यालय रोजे । वाल्मीकि क्याम्पसमा संस्कृत साहित्य पढे । रत्न राज्यलक्ष्मी क्याम्पसमा राजनीति शास्त्र र अर्थशास्त्र पढे । दुइैतिरबाट उच्च शिक्षा सकेका लम्सालले २०७२ मा नेपाली विषयमा विद्यावारिधि गरे । अध्ययनको यो गहिराइको छाप उनका काव्यहरूमा पनि भेटिन्छ र सञ्चार कर्ममा पनि । संस्कृत मूलमै पढेको पौरस्त्य दर्शन र अत्याधुनिक चेतनाको समयबोधले उनका लेखन र अभिव्यक्ति निकै तिख्खर मानिन्छन् । त्यही सीपले उनलाई नेपाली काव्य दुनियाँको अग्लो धुरी बनाएको छ ।
प्रकाशन आरम्भ

२०४१ मा पहिलो पटक अरुणोदय पत्रिकामा उनको वन्दना शीर्षकको कविता प्रकाशन भएको थियो र सोही पत्रिकामा २०४२ मा हट्नुपर्दछ वादलु शीर्षकको गीत । लामो समयपछि २०६० मा पाइलैपिच्छे सगरमाथा शीर्षकको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो । त्यसयता हालसम्म ४ महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह प्रकाशित छन् । कर्ण २०६६, धरा २०७३, अग्नि २०७८ र कल्प २०८२ उनका महाकाव्यहरू हुन् । महाकाव्यका अतिरिक्त उनको पाइलैपिच्छे सगरमाथा २०६०, आगो छोपेर कतिन्जेल २०६२ र क्रमशः एक्लै एक्लै २०७४ गरी ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रहहरूमा धुनभित्र धुनबाहिर २०६२ र उडूँ उडूँ लाग्छ २०७२ रहेका छन् । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भलेखन तथा समीक्षा, समालोचनाहरू पनि प्रकाशित छन् ।

लेखनको खास विशेषता

भगवान् कृष्ण र धर्मराज युधिष्ठिरलाई छोडेर त्यतिखेर हेपिएको, चेपिएको तत्कालीन सीमान्तकृत पात्र कर्णलाई नायकत्व दिएर कर्ण लेखे । त्यो उनको ठूलो आँट थियो । त्यसलाई उनले महाकाव्य लेखनको रहर निचोरेको भनेका छन् तर त्यो रहर मात्र होइन, विशिष्टता हो । त्यसपछि उनले देशको सम्पूर्ण बहुलतालाई नै साझा नायकत्व दिएर धरा लेखे । जातजाति र उचनीचको पर्खालले घेरिएको समाजमा यो उनको सर्वस्वीकार्य र साझा स्वीकृतिको काव्यिक प्रयोग थियो । यसलाई उनी आफैँले कवि हुनुको जिम्मेवारीबोध भनेका छन् ।

अग्निमा उनले देश बनाउन योगदान दिएको तर इतिहासमा कतै पनि नाम नलेखिएको विश्वकर्मा समुदायको कथा उठाए, आरनको कथा उठाए । आरनको कथासँगै पौरस्त्य सभ्यताको मिथक र त्यसले दिएको चेतनाको उज्यालोलाई उनले सशक्त रूपमा उठाए । सत्ता र शासकीय अहंकारले छोपिएको उज्यालोलाई उनले उत्खनन गरेका छन् । अग्नि समयको बेजोड दस्ताबेज हो र यो वैचारिक र बौद्धिक तर्क, प्रयोग र उदारहरणसहित हेपिएको, चेपिएको समुदायमाथि गरिएको काव्यिक न्याय हो । न्यायको आवाज हो । कविले यसलाई मुटु निचोरिएको महाकाव्य भनेका छन् । यो काव्यको अन्तरमा पौरस्त्य दर्शनका अनेकन पात्र, प्रवृत्ति, मिथक र महिमामाथिको महनीयता झल्कन्छ ।

अग्नि सम्पूर्ण रूपमा गद्य महाकाव्य हो । मदन पुरस्कारसहित यस महाकव्यले राष्ट्रियस्तरका ७ पुरस्कार जित्यो ।
२०८२ मा आइपुग्दा उनको अर्को महाकाव्य आयो, कल्प । यो वैश्विक चेतनामाथि लेखिएको एउटा नयाँ हस्तक्षेपकारी प्रयोग हो । लम्साल आफैँले यसलाई आफ्नो मस्तिष्क निचोरिएको महाकाव्य भनेका छन् । लोभले प्रकृति नास्यो, अज्ञानले संस्कृति नास्यो, सत्ता अहङ्कारले मानवीयता नास्यो र यसैको परिणाम हो आज वैश्विक समस्या । यस्तो छ, उनको तर्क । जुनकुनै नाममा मारिए पनि मान्छे मारिनु गलत हो, प्राकृतिक सन्तुलन नासिनु समस्या हो र मान्छे क्रमशः आफैँभित्र असुरक्षित हुँदै गएको पनि यिनै संवेदनाशून्यताले हो भन्ने उनको भनाइ छ । यो विश्व समस्यालाई उनले जोडदार ढंगले उठाएका छन् र उपचारको खोजी पनि गरेका छन् । यो उनको निकै ठूलो बौद्धिक मेहनतको काव्यिक प्रतिफल हो ।

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...