बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल


काठमाडौँ
डा. नवराज लम्साल कवि, गीतकार तथा रेडियोकर्मी हुन् । उनी महाकाव्यकार हुन् र महाकाव्यमै उनले नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार जितेका छन् । सो पुरस्कार महाकाव्य अग्निले २०७८ मा जितेको हो । उनी रेडियो नेपालका पूर्वनिर्देशक तथा बीबीसीका पूर्व संवाददाता पनि हुन् । कविको प्रभाव सञ्चारमा र सञ्चारको प्रभाव लेखनमा देखिन्छ । सञ्चारमा काव्यिक महक र काव्यमा सूचनाको समायोजन । उनी बीच धारमा छन् । बीचमा छन् र फरक छन्, अलग छन् ।

बाल्यकाल र अध्ययन

नवराज लम्साल २०२६ साल साउन ८ गते बुधबार धादिङको ज्यामरुङमा जन्मिएका हुन् । गाउँकै तत्कालीन शंखादेवी निमाविबाट उनले प्रारम्भिक पढाइ शुरु गरे । घरमै पिताजीबाट रामायण महाभारतका श्लोकहरू सुन्दै हुर्केका लम्साललाई तिनै रचनाहरूले कवितातिर आकर्षित गर्यो । त्यतिखेरैदेखि उनले कविताकविताका हरफहरूमा आफूलाई खोज्न थालिसकेका थिए । प्रारम्भिक शिक्षा सकिएपछि थप पढाइका लागि गाउँमा स्कुल थिएन । मावि पढ्नका लागि उनी २०४० सालमा काठमाडौँ आए ।

संस्कृत मावि रानीपोखरीबाट २०४३ मा एसएलसी सकेका उनले अलग अलग दुई विश्वविद्यालय रोजे । वाल्मीकि क्याम्पसमा संस्कृत साहित्य पढे । रत्न राज्यलक्ष्मी क्याम्पसमा राजनीति शास्त्र र अर्थशास्त्र पढे । दुइैतिरबाट उच्च शिक्षा सकेका लम्सालले २०७२ मा नेपाली विषयमा विद्यावारिधि गरे । अध्ययनको यो गहिराइको छाप उनका काव्यहरूमा पनि भेटिन्छ र सञ्चार कर्ममा पनि । संस्कृत मूलमै पढेको पौरस्त्य दर्शन र अत्याधुनिक चेतनाको समयबोधले उनका लेखन र अभिव्यक्ति निकै तिख्खर मानिन्छन् । त्यही सीपले उनलाई नेपाली काव्य दुनियाँको अग्लो धुरी बनाएको छ ।
प्रकाशन आरम्भ

२०४१ मा पहिलो पटक अरुणोदय पत्रिकामा उनको वन्दना शीर्षकको कविता प्रकाशन भएको थियो र सोही पत्रिकामा २०४२ मा हट्नुपर्दछ वादलु शीर्षकको गीत । लामो समयपछि २०६० मा पाइलैपिच्छे सगरमाथा शीर्षकको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो । त्यसयता हालसम्म ४ महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह प्रकाशित छन् । कर्ण २०६६, धरा २०७३, अग्नि २०७८ र कल्प २०८२ उनका महाकाव्यहरू हुन् । महाकाव्यका अतिरिक्त उनको पाइलैपिच्छे सगरमाथा २०६०, आगो छोपेर कतिन्जेल २०६२ र क्रमशः एक्लै एक्लै २०७४ गरी ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रहहरूमा धुनभित्र धुनबाहिर २०६२ र उडूँ उडूँ लाग्छ २०७२ रहेका छन् । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भलेखन तथा समीक्षा, समालोचनाहरू पनि प्रकाशित छन् ।

लेखनको खास विशेषता

भगवान् कृष्ण र धर्मराज युधिष्ठिरलाई छोडेर त्यतिखेर हेपिएको, चेपिएको तत्कालीन सीमान्तकृत पात्र कर्णलाई नायकत्व दिएर कर्ण लेखे । त्यो उनको ठूलो आँट थियो । त्यसलाई उनले महाकाव्य लेखनको रहर निचोरेको भनेका छन् तर त्यो रहर मात्र होइन, विशिष्टता हो । त्यसपछि उनले देशको सम्पूर्ण बहुलतालाई नै साझा नायकत्व दिएर धरा लेखे । जातजाति र उचनीचको पर्खालले घेरिएको समाजमा यो उनको सर्वस्वीकार्य र साझा स्वीकृतिको काव्यिक प्रयोग थियो । यसलाई उनी आफैँले कवि हुनुको जिम्मेवारीबोध भनेका छन् ।

अग्निमा उनले देश बनाउन योगदान दिएको तर इतिहासमा कतै पनि नाम नलेखिएको विश्वकर्मा समुदायको कथा उठाए, आरनको कथा उठाए । आरनको कथासँगै पौरस्त्य सभ्यताको मिथक र त्यसले दिएको चेतनाको उज्यालोलाई उनले सशक्त रूपमा उठाए । सत्ता र शासकीय अहंकारले छोपिएको उज्यालोलाई उनले उत्खनन गरेका छन् । अग्नि समयको बेजोड दस्ताबेज हो र यो वैचारिक र बौद्धिक तर्क, प्रयोग र उदारहरणसहित हेपिएको, चेपिएको समुदायमाथि गरिएको काव्यिक न्याय हो । न्यायको आवाज हो । कविले यसलाई मुटु निचोरिएको महाकाव्य भनेका छन् । यो काव्यको अन्तरमा पौरस्त्य दर्शनका अनेकन पात्र, प्रवृत्ति, मिथक र महिमामाथिको महनीयता झल्कन्छ ।

अग्नि सम्पूर्ण रूपमा गद्य महाकाव्य हो । मदन पुरस्कारसहित यस महाकव्यले राष्ट्रियस्तरका ७ पुरस्कार जित्यो ।
२०८२ मा आइपुग्दा उनको अर्को महाकाव्य आयो, कल्प । यो वैश्विक चेतनामाथि लेखिएको एउटा नयाँ हस्तक्षेपकारी प्रयोग हो । लम्साल आफैँले यसलाई आफ्नो मस्तिष्क निचोरिएको महाकाव्य भनेका छन् । लोभले प्रकृति नास्यो, अज्ञानले संस्कृति नास्यो, सत्ता अहङ्कारले मानवीयता नास्यो र यसैको परिणाम हो आज वैश्विक समस्या । यस्तो छ, उनको तर्क । जुनकुनै नाममा मारिए पनि मान्छे मारिनु गलत हो, प्राकृतिक सन्तुलन नासिनु समस्या हो र मान्छे क्रमशः आफैँभित्र असुरक्षित हुँदै गएको पनि यिनै संवेदनाशून्यताले हो भन्ने उनको भनाइ छ । यो विश्व समस्यालाई उनले जोडदार ढंगले उठाएका छन् र उपचारको खोजी पनि गरेका छन् । यो उनको निकै ठूलो बौद्धिक मेहनतको काव्यिक प्रतिफल हो ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...