स्थानीय

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ । सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ । दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म ७ हजार ५१४ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । ...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढी जोखिमबारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो । त्यसैका आधारमा राति भोटेकोशी र त्रिशुली नदीमा बाढी आउन सक्नेबारे सूचना दिएको महाशाखाका बाढीविज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनुभएको छ । सूचनासहित मोवाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो । तर आज बिहानसम्मको अवस्थामा बाढी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनुभएको छ । गएको बुधबार ठूलो बाढी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन् । बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा सावधानी ...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए। उनका अनुसार बाढीमा परी मृत्यु भएका व्यक्तिका शव नदीले बगाएर नवलपरासीका विभिन्न क्षेत्रमा पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ। प्राप्त शवहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ। ...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो । अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् । ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन् । ९५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि ...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए । यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ । यसबीच रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १ सय ८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सं...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा तत्काल राहत तथा उद्धारका कामलाई प्राथमिकता दिन रकम सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विपद्को यो अवस्थामा स्थानीय सरकारको पहिलो जिम्मेवारी प्रभावित नागरिकको उद्धार र राहत भएकाले उपमहानगरपालिकाले आफ्नोतर्फबाट सहयोगको पहल थालेको बताएका छन्। उनका अनुसार विपद्का बेला सबै पक्ष एकजुट भएर प्रभावित परिवारको साथमा उभिन आवश्यक छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने...
रसुवा बाढी अपडेट : १५७ शव फेला

रसुवा बाढी अपडेट : १५७ शव फेला

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ। जसअनुसार २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन्। ...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रूपमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। यस आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगिसकेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छबिराज पोखरेलले बताए । कुल ७,७०० वर्गमिटर (१ बिघा २ कठ्ठा १४ धुर) क्षेत्रफलमा मुख्य १० तल्ला र २ तहको बेसमेन्टसहितको ७०० बेडको भवन तथा ५ तल्ला र १ तहको बेसमेन्ट भएको १०० बेडको क्यान्सर अस्पताल गरी दुवै अत्याधुनिक संरचनाको निर्माण कार्य एकसाथ अगाडि बढिरहेको छ। मुख्य भवनको बेसमेन्ट, जग तथा तल्ला ढलानको काम तीव्र रूपमा भइरहेको उनले बताए ।अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट भएको निर्माण कम्पनी क्यापासाइत-आशिष् रेलिगेशन जेभीसँग २०८० पुस २६ गते ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ७ अर्ब १५ करोड १४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम...
लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो । मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नविन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार लुम्बिनी प्रदेशमा कृयासिल १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज पुर्‍याली, सभालगायत कार्यक्रम गरिँदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायतका ठाउँमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि उहाँ साउदी अरबको मदिनामा जानुभयो थियो । पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । यस ठाउँ इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो...