स्थानीय

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजद्वारा भित्ते पात्रो विमोचन एवं नवबर्षको शुभकामना आदानप्रदान

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजद्वारा भित्ते पात्रो विमोचन एवं नवबर्षको शुभकामना आदानप्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष वि.सं.२०८३को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।समाजका अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको अध्यक्षतामा आईतबार बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै संस्थापक अध्यक्ष नारायणप्रसाद ज्ञवालीले सम्पर्क समाजले जसरी रुपन्देहीमा बसोबास गर्ने बलेटक्सारेली र जन्मस्थललाई सक्दो योगदान गर्ने उद्देश्य रहेको र थप शशक्त वनाउन आवस्यक रहेको धारणा राखेका थिए।उनले भित्ते पात्रोले जानकारी मात्र नभएर पेसा व्यवसायको बृद्धि, विस्तार संगै भातृत्व विकास गर्ने विश्वास व्यक्त गरे।उनले नयाँ बर्षले देश र नागरिकमा स्थिरता, सम्बृद्धि, हर्षोल्लासको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले भित्ते पात्रोले समग्र बलेटक्सारेलीहरुको एकता, भातृत्व,पेसा, व्यवसायमा बिस्तार हुने भन्दै विज्ञापन उपलव्ध ...
दीनदुःखीको सहारा बन्दै खडानन्द–दमयन्ती स्मृति प्रतिष्ठान, ‘नेपाल घर’ निर्माण अभियानलाई ४ लाख बढी सहयोग”

दीनदुःखीको सहारा बन्दै खडानन्द–दमयन्ती स्मृति प्रतिष्ठान, ‘नेपाल घर’ निर्माण अभियानलाई ४ लाख बढी सहयोग”

जीवनशैली, ताजा अपडेट, फिचर, विविध, समाचार, स्थानीय
गुल्मी “सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने जीवनदर्शनलाई व्यवहारमा उतार्दै स्थापित खडानन्द–दमयन्ती स्मृति प्रतिष्ठान आज समाजसेवाको क्षेत्रमा एक उदाहरणीय नाम बनेको छ। स्वर्गीय खडानन्द मरासिनी र दमयन्ती मरासिनीको स्मृतिमा स्थापना गरिएको यो प्रतिष्ठानले मानवताको सेवा, सहयोग र सहकार्यको मार्गमा निरन्तर अगाडि बढ्दै समाजमा आशाको दीप प्रज्वलित गरिरहेको छ।यस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद मरासिनी ले आफ्ना माता–पिताबाट प्राप्त सेवाभावलाई कर्ममा रूपान्तरण गर्दै दीन–दुःखी, असहाय र विपन्न समुदायका लागि जीवन समर्पित गर्नुभएको छ। सानैदेखि सामाजिक सेवामा रुचि राख्ने उहाँले “आफू खुशी हुनु मात्र पर्याप्त हुँदैन, अरूको अनुहारमा मुस्कान ल्याउनु नै साँचो खुशी हो” भन्ने सोचलाई आफ्नो जीवनको मार्गदर्शक बनाउनु भएको छ। विविध सामाजिक कार्य: सेवामा समर्पित अभियानप्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न ...
कान्ति मावि बुटवलको नतिजा प्रकाशन सम्पन्न: थप उत्कृष्ट वनाउने योजना रहेको प्राचार्य ज्ञवालीको भनाइ

कान्ति मावि बुटवलको नतिजा प्रकाशन सम्पन्न: थप उत्कृष्ट वनाउने योजना रहेको प्राचार्य ज्ञवालीको भनाइ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयले शैक्षिक शत्र २०८२को नर्सरीदेखि ९ कक्षाको वार्षिक नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षतामा शुक्रबार सम्पन्न नतिजा प्रकाशन कार्यक्रममा वोल्दै प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको समग्रमा नतिजा राम्रो रहेको र विद्यालय,अविभावक र विद्यार्थीको मेहनतले थप उत्कृष्ट हुनेमा विश्वस्त रहेको बताए।प्राचार्य ज्ञवालीले प्रथम , द्वितीय , तृतीय मात्र नभएर जिपिएका आधारमा धेरै विद्यार्थी हरूलाई पुरस्कृत गरिएको वताए। उनले अध्ययनसंगै अतिरिक्त कृयाकलापमा दक्ष विद्यार्थीहरूलाई पनी प्रोत्साहन गरिने धारणा राखेका थिए।ज्ञवालीले कान्ति माध्यमिक विद्यालय देशभरका विद्यालयहरूको मुल्यांकनमा प्राय अग्रभागमा आउने गरेको जानकारी दिए। विद्यालयले कक्षा नर्सरीदेखि ९ सम्मको नतिजामा कक्षा नर्सरीमा २७ जना ४ जिपिए ,...
बुटवलमा जारी सौभाग्य गोल्ड कपमा अन्तिम चार टिमको टुङ्गो

बुटवलमा जारी सौभाग्य गोल्ड कपमा अन्तिम चार टिमको टुङ्गो

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिम चार टोलीको टुंगो लागेको छ। वर्षाका कारण बुधबार स्थगित तेस्रो क्वाटरफाइनल खेल बिहीबार सम्पन्न गरिएको थियो।बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा मोनष्टर गाईजले अभिषेक चर्चलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।यस्तै, अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुरले आयोजक सौभाग्य युवा क्लबलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।सिद्धेश्वर खेलमैदानमा बिहीबार दिउँसो सम्पन्न पहिलो खेल निकै रोमाञ्चक बनेको थियो। मोनष्टर गाईजका रोजल दाहालले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २०औँ मिनेटमा अभिषेक चर्चका बिक्रम लामाले कर्नर किकलाई सदुपयोग गर्दै बराबरी गोल फर्काए। खेलको २५औँ मिनेटमा मोनष्टर ग...
१०औँ स्थापना दिवसमा होटल पौवाको ‘स्वाद उत्सव’

१०औँ स्थापना दिवसमा होटल पौवाको ‘स्वाद उत्सव’

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ सुरु गरेको छ । चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त उत्सवअन्तर्गत होटल पौवाका सबै शाखाहरूमा नेपाली रैथाने परिकार तथा विशेष आतिथ्यसहित ग्राहकहरूलाई फरक अनुभव प्रदान गर्ने कार्यक्रम रहेको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए । बुटवल शाखामा आयोजित उद्घाटन समारोहमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाल र होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको उल्लेख गर्दै अन्य होटल व्यवसायीहरूलाई पनि न...
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न प्रदेश सरकारको गरायो ध्यानाकर्षण

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न प्रदेश सरकारको गरायो ध्यानाकर्षण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
दाङराष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो ।संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय भएका टेलिभिजनहरूको संरक्षणका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले दिने विज्ञापन अनुदान बापतका टेलिभिजन कार्यक्रमका लागि हालसम्म सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गरे ।त्यसैगरी, प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै त्यस...
सरकारको आदेशले एकदिन चले, त्यसपछि पुनः थन्किए लुम्बिनीका विद्युतीय बस

सरकारको आदेशले एकदिन चले, त्यसपछि पुनः थन्किए लुम्बिनीका विद्युतीय बस

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीकरिब पाँच वर्षदेखि अलपत्र अवस्थामा थन्किएका विद्युतीय बसहरू सञ्चालनमा ल्याउने प्रयास पुनः असफल देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि गत बुधबारदेखि दुई वटा रुटमा सेवा सुरु गरिएको भए पनि २४ घण्टा नबित्दै बसहरू पुनः थन्किएका छन्। सेवा सुरु भएको भोलिपल्ट नै ती बसहरू लुम्बिनी विकास कोष परिसरबाट हटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ। विमानस्थलबाट सटल सेवा सञ्चालन गर्ने उद्देश्य रहेको बताइएपनि यससम्बन्धी स्पष्ट योजना सार्वजनिक नभएकाले पुनः व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालक महाशाखा प्रमुख मुरारी प्रसाद पौडेलका अनुसार मन्त्रालयको निर्देशनअनुसार बसहरू विमानस्थलमा सारिएको हो। उनले बसहरूको अवस्था सन्तोषजनक नरहेको उ...
थोर्गा रुपन्देही सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन

थोर्गा रुपन्देही सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलगुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजले आउंदै गरेको नयाँ वर्ष वि.सं. २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीमा सम्पन्न कार्यक्रममा वोल्दै सम्पर्क समाजका अध्यक्ष षडानन्द पोख्रेलले नयाँ बर्षले हरेक नागरिकमा खुसी लिएर आउने र विगतमा भए गरेका रोकिएका काम पुरा हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।उनले पात्रो विमोचनले सम्पर्क समाजको पहिचान,सदस्यहरु विच भातृत्व विकासमा योगदान पुर्याउने धारणा राखेका थिए। कार्यक्रममा पुर्ब अध्यक्ष तथा सल्लाहकारहरु राम प्रसाद पोख्रेल, मिन प्रसाद पोख्रेल र केशबराज ज्ञवाली, पयेक समाजका अध्यक्ष लक्ष्मि प्रसाद ज्ञवाली ,बसन्त पोखरि समाजका अध्यक्ष इश्वरि ज्ञवाली ,पामिर बोर्डिङ्ग स्कुलका प्राचार्य गोपाल गौतमलगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन सचिब लक्षमण गौतमले गरेका थिए। ...
पाल्पामा ‘स्वाद उत्सव’ हुँदै, होटल पौवाको १० औँ वार्षिकोत्सव विशेष कार्यक्रम घोषणा

पाल्पामा ‘स्वाद उत्सव’ हुँदै, होटल पौवाको १० औँ वार्षिकोत्सव विशेष कार्यक्रम घोषणा

ताजा अपडेट, विविध, समाचार, स्थानीय
पाल्पा — “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षणमा सक्रिय होटल पौवा प्रालिले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार देशभर रहेका आफ्ना २० वटै शाखामा एकसाथ स्वाद उत्सव मनाउने तयारी पूरा भएको छ।वार्षिकोत्सवका अवसरमा होटल पौवाको तानसेन शाखाले पत्रकार सम्मेलन गरी कार्यक्रम तालिका सार्वजनिक गरेको छ। जसअनुसार चैत २५ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने चैत २६, २७ र २८ गते तीन दिनसम्म ‘स्वाद उत्सव’ सञ्चालन हुनेछ। पाल्पा शाखाका प्रबन्धक यदु भट्टराईले पाल्पाली आतिथ्यता र अर्गानिक स्वादको विशेष अनुभव दिलाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो।उत्सव अवधिभर नेपाली रैथाने स्वाद झल्काउने विशेष परिकारसहित ६ प्रकारका मेनु प्रस्तुत गरिने लेखापाल सन्जु कार्कीले बताउनुभयो। ...
सिद्धार्थ पोलिटेक्निकल कलेजमा “चिया संवाद तथा प्यानल छलफल”  सम्पन्न

सिद्धार्थ पोलिटेक्निकल कलेजमा “चिया संवाद तथा प्यानल छलफल” सम्पन्न

विविध, शिक्षा, समाचार, स्थानीय
बुटवल, रुपन्देही — बुटवल उपमहानगरपालिकामा सञ्चालित सिद्धार्थ पोलिटेक्निकल कलेजमा “चिया संवाद तथा प्यानल छलफल” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले बुटवल क्षेत्रमा शैक्षिक बहस र संवादको नयाँ वातावरण सिर्जना गरेको छ।कार्यक्रमको उद्देश्य विद्यार्थीलाई सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, सामाजिक चेतना तथा समसामयिक विषयप्रति सचेत बनाउनु रहेको थियो। कलेजले विद्यार्थीमैत्री नीति, अनुशासित वातावरण र उत्कृष्ट व्यवस्थापनका कारण पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको जनाएको छ।कार्यक्रममा अतिथिका रूपमा अन्जु क्षेत्री र रामचन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो। प्यानल सदस्यमा कलेजकी प्राचार्य अन्जना पन्थी, शंकर मुराव, डा. शंज्ञा सेन तथा विद्यार्थी प्रतिनिधि जिया लामि...