
बुटवल
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १८ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसन सम्पन्न भएको छ । समितिको शनिबार सम्पन्न अधिवेसनबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नया कार्यसमिति निवार्चित भएका छन । यसैगरि उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा युवराज घिमिरे २६४ र माधवप्रसाद श्रेष्ठले २३६ मत प्राप्त गरि विजयी भएका छन । उपाध्यक्ष पदका टीकाराम शर्माले भने १२३ मत प्राप्त गरे ।
यसैगरी, महासचिवमा महेन्द्रप्रसाद लिगल, सचिवमा बुद्धिराज थापा र कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । यसैगरि खुला सदस्यतर्फ भएको निर्वाचनमा दीपक खड्गीले २६२, विष्णुबहादुर सिंह ठकुरीले २३४, मदनकुमार श्रेष्ठले २२८, वीरबहादुर लामाले २२३ र प्रकाशबहादुर कुमालले १९६ मत प्राप्त गरी निर्वाचित भएका छन । महिला सदस्यमा राजु नेपाल र कमलादेवी नगरकोटी निर्विरोध निर्वाचित भए । त्यसैगरी, लेखा संयोजकमा महेन्द्रकुमार राजभण्डारी तथा लेखा समितिमा विष्णुप्रसाद पौडेल र राजेन्द्रराज अमात्य निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डिआर घिमिरेले बताए ।
औपचारिकक कार्यक्रमको लुम्बिनी प्रदेश सभाका पूर्वस्वास्थ्यमन्त्री तथा समितिका संरक्षक भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै पर्यटनबाट नै आर्थिक समृद्धि सम्भव भएको बताए । नेपाल प्राकृतिक रुपमा नै धेरै उत्कृष्ट गन्त्ब्य भएको देशका हुदा यहाको प्रचारप्रसार गर्न सके पर्यटक भित्राउन सकिने बताए ।
बुद्धजन्मस्थल लुम्बिनी, ऐतिहासिक जितगढी किल्ला, आदीमानव रामापिथेकसको अवशेष भेटिएको स्थान समेत रहेको यस क्षेत्रको प्रचारमा अगाडी बढ्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलमा पर्यटक भुलाउने उपयुक्त स्थलमात्र नभई अध्ययन केन्द्रका रुपमा फुलबारी भएको बताईन । फुलबारीसंगै केबलकार, नुवाकोट, जितगढी किल्ला लगायतका सामरिक महत्वको क्षेत्रका पुग्ने गरि योजना बनाउन समेत आग्रह गरिन ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेमप्रसाद लुईटेल, पूर्व मेयर तथा राप्रपा नेता रुपसिह थापा, पुर्वअध्यक्ष मोतिराज ज्ञवाली, राष्ट्रिय सभा सदस्यका पूर्व सदस्य देवेन्द्रराज घिमिरे, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण प्रसाद न्यौपानेले हिजो र आजको फुलबारीमा आएको परिवर्तनबारे स्मरण गर्दै थप विकासका आधारहरुबारे प्रका पारे ।
समितिका अध्यक्ष माधव प्रसाद नेपालले वार्षिक प्रगति प्रतिवेसन पेश गर्दै फुलबारीको प्रवेशद्वार देखि नै सौन्दयीकरणमा जोड दिन जरुरी रहेको बताए ।
संस्थाको आर्थिक प्रगति विवरण पेश गर्दै महासचिव युवराज घिमिरेले देशमा दुई दिने विदाको प्रचलनबाट पर्यटकको संख्या बढेपनि समग्रमा पर्यटक भित्रने संख्या भने घटेको बताए । हाल संस्थामा १५ जना प्रत्यक्ष तथा १८२ जनालाई अप्रत्यक्ष रुपमा कर्मचारीहरुलाई रोजगार सृजना गरेको छ । पार्कको ईतिहासमा नया आयाम दिने गरि काम अघि बढेको छ । बुटवललाई बुटिक पार्कको रुपमा अघि बढाउने, रात्रिकालिन पार्कको अवधारणा, कोसेली घर, ट्रि रेष्टुरेन्टजस्ता अवधारणालाई जोड दिएको उनले बताए छ ।
कार्यक्रममा समितिको कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले आर्थिक प्रगति पेश गर्दै प्रकृति, ईतिहासलाई भारतिय पर्यटनहरु भित्रने गरेको छ । लाखौ संख्यामा भारतिय पर्यटकहरु भित्रने गरेका छन । सिमित आयबाट नियमित ब्यवस्थापनबाहेक अन्य पूर्वाधार विकास गर्न सकिने अवस्था नरहेको उनले बताए । स्थानिय, प्रदेश र सघ सरकारको सहयोगमा केहि विकासका काम भएको उनले बताए ।
यसैबिच कार्यक्रममा समितिका उत्कृष्ट कर्मचारीहरु सम्मान गरिएको छ । जसमा सुक बहादुर न्यौपाने, धनमाया विश्वकर्मा, लक्ष्मी बिकलाई नगद, दोसल्ला, मालाबाट सम्मान गरिएको छ । यसैगरि ब्यवसायी सुस्मा शाक्य, खेम प्रसाद सापकोटालाई समेत सम्मान गरिएको छ ।