दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य



दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन ।


वडादशैं-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गरेका हुन । यस्ता पर्वले नेपाली पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दशैंले नेपालीबीच सद्भाव र सहकार्यको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।


उनले वडादशैंले विपद्को सामना गर्ने शक्ति, विकासप्रतिको साझा प्रतिबद्धता र समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन । साथै, शक्तिस्वरूपा दुर्गा भवानीले सबैलाई सत्य, न्याय, शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने शुभेच्छा व्यक्त गरे ।
शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै विकासका योजना निर्माण गर्दा विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।
त्यस्तै, संघीय लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउन संविधानको पूर्ण कार्यान्वयन, प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र तीन तहका सरकारबीच समन्वय बढाउनुपर्नेमा उनले जोड दिए ।

सुशासन, गुणस्तरीय सेवाप्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उनले उल्लेख गरे ।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...