
रुपन्देही
रुपन्देही विद्युतीय व्यवसायी संघले आउंदै गरेका वडादशैं, दिपावली र छठ पर्वको अवसरमा व्यवसायीविच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार बुटवलमा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीक सफलता,सुख,शान्ति समृद्धिको शुभकामना व्यक्त गर्दै उज्यालो पर्व र उज्यालो विद्युत् व्यवसायीको भविष्य उज्यालो रहेको वताउदै, महासंघ र जिल्ला संघको सम्वन्ययात्मक भुमिका रहने कुरामा विश्वस्त रहेको धारणा राखेका थिए। निवर्तमान अध्यक्ष शान्ताराज खरालले व्यवसायमा प्रतिस्पर्धा रहेपनि सम्वन्धमा एकता रहोस् , व्यवसायीक सफलता मिलोस् भनी शुभकामना दिएका थिए। केन्द्रीय सल्लाहकार तथा संस्थापक अध्यक्ष अनन्तमान थैवले उज्यालोको व्यवसाय गर्ने विद्युतीय व्यवसायीको जिवन उज्यालो रहने शुभकामना व्यक्त गर्दै व्यवसायीलाई दसैँ ,तिहार तथा छठ पर्व जस्ता उज्यालो पर्वको शुभकामना व्यक्त गरे। उनले आपसमा फुटेर नभई जुटेर समस्या समाधान गर्न सकिने, आत्तिन र मात्तिन नहुने धारणा राखेका थिए।
कार्यक्रममा महासंघका सचिव तथा पुर्व अध्यक्ष लोकनाथ पोखरेल,निवर्तमान अध्यक्ष शान्ताराज खराल ,सल्लाहकार सुर्य कुवंर,प्रदेश संयोजक दिपक पौडेल, वरिष्ठ उपाध्यक्ष विष्णु भण्डारी,उपाध्यक्ष द्वय भिमलाल अधिकारी र रमा थापा क्षेत्री, महासचिव चिरञ्जिवी गैह्रे, सचिव जिवन पौडेल, जिल्ला कमिटी सदस्य विकास जिसी, बुटवल नगर अध्यक्ष वसन्त राना,तिलोत्तमा नगर अध्यक्ष चन्द्रमणि सुवेदी, शुद्धोधन नगर सदस्य विशाल गौतमलगायत शुभकामना दिएका थिए।

शनिबार वसेको संघको ११औं वैठकले रुपन्देही जिल्लाको १५औं साधारण सभा पौष १८ गते गर्ने निर्णय गरेको अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ ले सार्वजनिक गरेका थिए।
कार्यक्रममा बुटवलमा सम्पन्न नेपाल विद्युतीय व्यवसायी महासंघको १७औं वार्षिक साधारण सभाको समिक्षा समेत गरिएको थियो।
कार्यक्रम संयोजक तथा जिल्लाका वरिष्ठ उपाध्यक्ष विष्णु भण्डारीले प्रतिवेदन सार्वजनिक गरेका थिए।
समिक्षा गर्दै महासंघका सल्लाहकार तथा जिल्लाका संस्थापक अध्यक्ष अनन्तमान थैवले आफ्नो पहलमा आयोजना गरिएको महासंघको कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा गर्भ महसुस भएको वताउदै जिल्ला कमिटी अध्यक्ष, कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्षलगाएत सिंगो जिल्ला कमिटीलाई वधाई दिएका थिए। उनले आफ्नै पहलमा महासंघले एसोसिएट सदस्यले केन्द्र, प्रदेश, जिल्ला र नगरमा छुट्टै कमिटी गठन गर्न नपाउने प्रस्ताव पारित गरेको धारणा राखेका थिए।
महासंघका तृतीय उपाध्यक्ष तथा महासंघका कार्यक्रम संयोजक प्रकाश चन्द्र पाण्डेयले कार्यक्रमको संयोजन उत्कृष्ट रहेकोवताउंदै जिल्लालाई आभार व्यक्त गरेका थिए।
सचिव लोकनाथ पोखरेलले जिल्ला कमिटीलाई आभार व्यक्त गरे । निवर्तमान अध्यक्ष शान्ताराज खराल फरक विचार रहेपनि संस्था र व्यवसाय मा एकबद्ध हुन आवश्यक रहेको र जिल्लाले राम्रो व्यवस्थापन गरेको वताएका थिए।
सल्लाहकार सुर्य कुवंर, उपाध्यक्षद्वय रमा थापा क्षेत्री र भिमलाल अधिकारी,जिल्ला कमिटी सदस्य विकास जिसी ,बुटवल नगर अध्यक्ष वसन्त राना, तिलोत्तमा नगर अध्यक्ष चन्द्रमणि सुवेदी, शुद्धोधन नगर सदस्य विशाल गौतमलगायतले प्रसंसा गरेका थिए।