
बुटवल
लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थापन गर्न आवस्यक रहेको र प्रदेश सरकारले पहल गर्ने वताए।
रुपन्देही उद्योग संघको सोमबार बुटवलमा आयोजित ४८औं वार्षिक साधारण सभामा वौल्दै उनले आफुनै उद्योग संघको सदस्य भएकाले उद्योगी-व्यवसायीका समस्या बुझेको वताउदै रुपन्देही उद्योगको हव रहेकोले प्रदेश सरकारले विषेश महत्व दिइएको वताए। उनले उद्योग-व्यवसायविना अर्थतन्त्र सुदृढ नहुने र मुलुकनै पछाडि पर्ने हुनालेनै विषेश चासो दिएको जानकारी दिए।रूपन्देही उद्योग संघ साना तथा ठुला सवै उद्योगीको साझा संस्था रहेकोले सवैको उन्नति हुने औल्याएका थिए।
प्रदेश सरकारले निर्यातमा पहल कदमी लिएको तर जोड दिन आवस्यक रहेको धारणा राखेका थिए।
प्रदेश भित्रका तिन औद्योगिक क्षेत्रलाईनै सुव्यवस्थित गर्न प्रदेश सरकारले पहल कदमी लिने, स्थानीय र संघिय सरकारसंग सम्वन्वय गरी अंगाडी बढ्ने धारणा राखेका थिए।
प्रतिनिधिसभा सदस्य सुलभ खरेलले निजी क्षेत्रको अर्थतन्त्रमा ठूलो योगदान रहेकोले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको वताए।
उनले औद्योगिक क्षेत्र विस्तार र उचित व्यवस्थापनमा अहिलेको संसदमा पहिलो आवाज उठाउने संसदनै स्वयं रहेको जिकिर गरे। उद्योगी-व्यवसायीको प्रोमोटको लागिनै कर लगायतका विषयमा सरकार लचिलो भएर अगाडि बढेको जानकारी दिए।संसद खरेलले विवादित हुने प्रकृतिका र समस्या वल्झीने खालका ऐन कानून परिस्कृत गर्न पहल गरिरहेको जानकारी दिए।
अर्थतन्त्र चलायमान वनाउनकै लागि ०८५ पर्यटन वर्ष घोषणा गरिएको जानकारी दिए।
उनले सरकारले क्रमस राम्रो काम गर्दै गएको छ तत्कालै सुधार र परिणाम खोज्न र अतिरञ्जित गर्न नहुने धारणा राखेका थिए।
खरेलले महङ्गी नियन्त्रणका लागि राज्यले थेग्न सक्ने गरी गरिरहेको र आकस्मिक प्राकृतिक प्रकोपको ठुलो समस्याले नेपाल र नेपालीलाई ठुलो पिडा दिएको दुःखेसो पोखे।
मुलुकलाई सवल वनाउन आर्थिक उन्नति आवस्यक हुनाले आर्थिक प्रजातन्त्र सवल वनाउन प्रयत्न गरिरहेको धारणा राखेका थिए। उनले अर्थतन्त्रमा प्रोत्साहन गर्नका लागि आर्थिक हिसाबले जोडिएका मुद्दाका विषयमा तत्कालै पक्राउ नगर्ने दोषी ठहर भएपछि मात्र कारवाही चलाउने निति अवलम्बन गरेको धारणा राखेका थिए।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका र आफु सधै उद्योगी-व्यवसायीको पक्षमा रहेको वताईन।
उनले उद्योगी- व्यवसायीहरुको चाहना अनुसार बुटवलमा मनोरञ्जन कर नलाग्ने निर्णय भएको जानकारी दिईन्।
उनले झुम्सा खानेपानी योजनालाई पहल गरिरहेको र स्थानीय प्रदेश र संघिय सरकारको पहलमा पुरा हुनेमा विश्वस्त रहेको धारणा राखिन्। बुटवलमा रहेको गौशालालाई व्यवस्थित वनाउन पहल गरिरहेको वताइन्। व्यवसायीका गुनासा संवोधन गर्दै उनले मापदण्ड अनुसार होडिङबोर्डको राजस्व लिने गरेको र अतिरञ्जित गर्न आवस्यक नरहेको स्पष्टोक्ति दिईन।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै संघका पुर्वअध्यक्ष एजाज आलमले अहिले मुलुकमा प्राकृतिक विपत्तिको पिडा संगै अर्थतन्त्रमा समस्या पैदा भएको वताएका थिए। उनले अन्तशुल्क करले पनि समस्या पैदा भएको वताएका छन्।
उनले चलिआएका उद्योग वन्द हुने अवस्थामा पुगेको र नयाँ उद्योग खोल्न नसकिने अवस्था रहेको गुनासो पोखे।
औद्योगिक क्षेत्रका विषयमा समस्या वल्झीरहने हुंदा व्यवस्थित गर्न आवश्यक रहेको धारणा राखे। अहिलेको सरकार झण्डै दुईतिहाइ बहुमत हूंदा ठुलो अपेक्षा राखेको तर चाहे जति हुन नसकेको गुनासो पोखे। गौतम बुद्ध मुटु सामुदायिक अस्पताललाई व्यवस्थित गर्न पहल गर्नुपर्ने औंल्याए।
संघका पुर्वअध्यक्ष तेजकुमार पाठकले सरकारले राजस्व -कर बढाएको तर उद्योगी व्यवसायीका कच्चा पदार्थ देखि उपभोक्ता सम्मका समस्यामा ध्यान दिन नसकेको वताए। उनले उद्योग र बस्तियोग्य क्षेत्रको पहिचान गरी व्यवस्थापन गर्न आवस्यक रहेको औंल्याउँदै यो गम्भिर समस्याका रुपमा देखा परेको वताए।
कार्यक्रममा रास्वपाका जिल्ला सभापति महेन्द्र उपाध्याय,नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, श्रम संस्कृति पार्टी रुपन्देही संयोजक छविलाल गुरुङ,रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल,भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री ,महासचिव सुमन बस्यालगायतले उद्योग-व्यवसाय चलाएमान भएमा मात्र समुन्नति हासिल हुने धारणा राखेका थिए।